सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट
वि.सं.२०७८ जेठ २४ सोमवार
काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ३ सय रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ५ रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३५५ रुपै कारोबार भएको थियो ।
२०७८ जेठ २४ गते प्रकाशित
प्रकाशित समय : ०८:११ बजे






















