back

सरकारले ल्याएको ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ उपयोगी : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने सरकारी निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले हालैको मन्त्रिपरिषद् बैठकले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ सम्बन्धी निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले निजी क्षेत्रका सुरक्षादेखि परियोजना कार्यान्वयनसम्म देखिएका समस्याहरू समाधान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । साना समस्याका कारण वर्षौंदेखि रोकिएका आयोजनाहरूका लागि समेत यो योजना प्रभावकारी हुने उनले बताए ।

उनले भने, ‘सरकारको पहिलो क्याविनेटबाट ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ भनेर बैठकले निर्णय गरेको छ । त्यसले हाम्रा हरेक समस्याहरुको समाधान गर्छजस्तो लाग्छ । चाँहे सुरक्षाको कुरा होस् वा प्रोजेक्टहरु होस ।

जुन सानो समस्याले वर्षौदेखि रोकिएको छ । तर दोष चाहीं निर्माण व्यवसायीहरुले लिनुपरेको छ । त्यसको लागि क्याविनेटबाट प्राइभेट सेक्टर प्रोकेक्सन एण्ड प्रमोशन प्लान भनेको छ । यो निजी क्षेत्रको लागि ठूलो उपलव्धि हो’

उनले २०४६ सालपछि भएका विभिन्न आन्दोलनहरूमा निजी क्षेत्रका व्यवसायी, प्रतिष्ठान तथा व्यक्तिहरू नै लक्षित हुने गरेको अनुभव सुनाए । यस्तो प्रवृत्ति अन्त्य गर्न सरकारबाट स्पष्ट सन्देश आवश्यक रहेको उनले बताए ।

‘०४६ सालका आन्दोलन पछि अहिलेसम्मका हरेक आन्दोलनमा हाम्रा निजी क्षेत्रका व्यवसायीहरु, व्यवसायी प्रतिष्ठानहरु, व्यक्तिहरु पनि टार्गेट हुने गरेको महसुस गरेका छौं,’ उनले भने ।

ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, देशको राजस्वमा करिब ८० प्रतिशत योगदान गर्ने र पूर्वाधार विकासमा अग्रणी भूमिका खेल्ने क्षेत्रका रूपमा उल्लेख गर्दै यसको महत्वलाई नजरअन्दाज गर्न नहुने बताए । ‘प्राइभेट सेक्टरविना हाम्रो जीवन कल्पना गर्न सकिँदैन,’ उनले भने ।

nactional life
Corporatebazar 11 Anniversary

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:०१

काठमाडौँ। मुलुकको आर्थिक सुशासन र सार्वजनिक खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...