back

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ रहेकामा हालसम्म लक्ष्यको ८१.७५ प्रतिशत मात्र सङ्कलन भएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको पहिलो छ महिनामा नै करिब १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लक्ष्य पूरा हुन नसकेको देखिन्छ ।

पुस महिनाका लागि मात्र तोकिएको १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्यको तुलनामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ राजस्व उठेको छ, जुन लक्ष्यको ८९.९६ प्रतिशत हो । पुस ३० गते एकै दिन २० अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांकसँग तुलना गर्दा यस वर्ष राजस्व सङ्कलनमा सामान्य सुधार देखिए पनि लक्ष्यअनुसारको प्रगति भने कमजोर देखिएको छ ।

गत वर्ष २०८१/८२ मा वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । त्यस वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ तोकिएकोमा पुस २९ गते (मसान्त) सम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र सङ्कलन भएको थियो । त्यस्तै, गत वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो ।

अर्थविद्हरूका अनुसार आर्थिक गतिविधिमा सुस्तता, आयातमा अपेक्षित वृद्धि नहुनु र निजी क्षेत्रको लगानी कमजोर रहनुले राजस्व सङ्कलनमा दबाब परेको छ । आगामी महिनामा राजस्व लक्ष्य पूरा गर्न सरकारलाई आर्थिक गतिविधि चलायमान बनाउने नीतिगत पहल आवश्यक देखिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...