back
himalayan life

अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनालसँग एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका विषयमा छलफल गरेका छन् ।

सिंहदबारमा संस्थापक र पूर्वअध्यक्षसहित पुगेको श्रेष्ठ नेतृत्वको टोलीले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे अर्थमन्त्री खनालको ध्यानकर्षण गराएको हुन् ।

जवाफमा अर्थमन्त्री खनालले एनआरएनएले उठाएका सबै विषयहरू समाधानका लागि वर्तमान सरकार सकारात्मक भएको बताए ।

बैठकमा मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फन्ड सञ्चालनमा रहेका अवरोध हटाउने प्रतिवद्धता जनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले विश्वभर रहेका नेपालीहरू नेपालमा लगानी गर्न अत्यन्त उत्सुक रहेको बताउँदै आईपीओमा ८५ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरे । उनले भने ‘आगामी दिनमा प्रवासी समुदाय नेपाल डेभलपमेन्ट फन्डमार्फत देशको आर्थिक र विकास योजनामा अझ प्रभावकारी रूपमा सहयोग गर्न हामी तयार छौं ।’

सो अवसरमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले फन्ड संचालनका लागि आवश्यक नियमावली तत्काल परिमार्जन गर्न आग्रह गरे । यस्तै पूर्व अध्यक्ष कुमार पन्तले लम्बिँदै आएको प्रक्रिया सहज बनाउन नीतिगत ‘ब्रेकथ्रु’ गरिदिन आग्रह गरे ।

प्रतिनिधि मण्डलमा अध्यक्ष श्रेष्ठसहित संस्थापक अध्यक्ष महतो, पूर्व अध्यक्षद्वय पन्त र बिनोद कुवर, क्यानाडाका अध्यक्ष ध्रुव भट्टराई, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईलगायत सहभागी थिए ।

नेपाल सरकारसँग सहकार्य गर्दै गैरआवासीय नेपाली संघले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको कोष स्थापना गर्न लागिएको छ । उक्त एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

वि.सं.२०८३ असार १६ मंगलवार १३:१३

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी...

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

वि.सं.२०८३ असार १६ मंगलवार १३:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि...