back

“एन आइ सी एशिया क्यापिटलमा अनलाइन मार्फत पीएमएस सेवा लिन सकिने”

काठमाडौँ । एन आइ सी एशिया क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई अनलाईनको माध्यमबाट लगानी व्यावस्थापन सेवा (पीएमएस)को लागी आवेदन दिन सक्ने व्यबस्था मिलाएको छ ।
हाल महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको अवस्था र सोको रोकथाम, नियन्त्रण गर्नको लागि निषेधाज्ञा जारी गरिएको परिस्थितिमा लगानी व्यवस्थापन सेवा लगायतका भौतिक रुपमा उपस्थित भई प्रदान गरिने सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द भईरहेको अवस्थामा लगानीकर्ताहरुलाई शेयर बजारमा लगानी गरि प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलले अनलाइनबाटै आवेदन दिन सकिने व्यावस्था गरेको हो ।

आफ्नो स्थापनाकाल देखि नै लगानी व्यवस्थापन सेवा (पीएमएस) क्यापिटलको केन्द्रिय कार्यालय बबरमहल, काठमाण्डौबाट प्रदान गर्दै आईरहेको छ । लगानी व्यवस्थापन सेवाको माध्यमबाट शेयर बजार सम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा शेयर बजार सम्बन्धी ज्ञान भएता पनि समय अभावको कारणले गर्दा शेयर कारोबार गरेर लाभ लिन नसकेका लगानीकर्ताहरुलाई मध्यनजर गरि क्यापिटलले लगानी व्यवस्थापन सेवा संचालन गरिरहेको छ । हाल उक्त सेवा मार्फत ग्राहकहरुले प्रत्यक्ष रुपमा लाभ लिईरहेको क्यापिटलले जनाएको छ ।

अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एन आई सी एशिया क्यापिटलको वेभसाईट वा सोझै https://www.nicasiacapital.com/book-an-appointment यो लिंक मा क्लिक गरि थप जानकारीको लागी आफ्नो समय अनुकुल Virtual Meeting को लागि समय बुक गर्न सकिने छ ।

साथै उक्त लगानी व्यवस्थापन सेवा लिनको लागि सोझै  https://portfolio.nicasiacapital.com/Global/Account/Login मा क्लिक गरि रितपूर्वक आवश्यक विवरण÷कागजातहरु अपलोड गर्नु पर्ने छ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने छ ।

२०७८ जेठ १७ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

वि.सं.२०८३ वैशाख २० आइतवार २३:००

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक...

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने...

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५०

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका...

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...