back
himalayan life

समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दै छौं : गर्भनर पौडेल

सबैभन्दा तल्लो बर्गले पनि ऋण पाओस भन्ने हाम्रो मनशाय हो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन् ।

बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संसोधन गर्न बनेको विद्येयकका सम्बन्धमा अर्थमन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंक बिच सोमबार अर्थ समितीमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ठुलो मात्रामा विदेशी रकम सञ्चीत हुँदा तरलता थुप्रिएको र अर्थतन्त्रमा त्यसले प्रभाव पारेको बताउँदै उनले आगामी दिनमा सबैभन्दा तल्लो बर्गलाई ऋण उपलब्ध गराउने र त्यसले केहि हदसम्म अर्थतन्त्र गतिशील हुन सहयोग गर्नसक्ने धारणा व्यक्त गरे । उनका अनुसार यतिबेला नेपालमा करिब १७/१८ अर्ब डलर विदेशी मुद्रा संञ्चीत रहेको छ ।

‘एकै व्यक्ति वा संस्थाले ठुलो मात्रामा ऋण पाउनु भन्दा सोहि ऋण धेरै जनाले पाउँदा पनि अर्थतन्त्र अझ बढी चलायमान हुन्छ । त्यसलै सबैभन्दा तल्लो बर्गले पनि ऋण पाओस भन्ने हाम्रो मनशाय हो,’ छलफलमा बोल्दै उनले भने । त्यस्ता बर्गको अवस्था बुझ्न आफु केहि दिन पश्चिम नेपालको भ्रमणमा जान लागेको समेत उनले उल्लेख गरे ।

यतिबेला अधिकांश व्यवसाय राम्रोसँग नचलेको उदाहरण दिंदै उनले सोहि कारण खराब ऋण बढ्दै गएको बताए । खराब ऋण बढ्नै जानुको मुख्य कारण अझैंपनि नेपालमा उद्यमशिलता बलियोगरी स्थापित नहुनुले भएको उनको भनाई छ । व्यवसायी असफल हुँदा खराब ऋण बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा असर गर्ने बताउँदै उनले खराब ऋणलाई कम गर्ने र समग्र अर्थतन्त्र चलायमान बनाउन आफुले गृहकार्य गरीरहेको बताएका हुन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...