back

उपत्यकामा बैंक शाखा अब सातामा एकदिन मात्रै खुल्ने नीति बनाईदै

काठमाडौँ । नेपाल राष्ट्रबैंकले उपत्यकाका तीन जिल्लामा बैंकको शाखा संचालनमा कडाई गर्ने जनाएको छ ।
बैंकमा जाने नाममा मानिसको गतिविधि बढेको र यसले उपत्यकामा कोरोना संक्रमणको चेन ब्रेकमा चुनौति सिर्जना भएको निश्कर्ष निकाल्दै विज्ञहरुले सुझाव दिएपछि राष्ट्रबैंकले शाखा संचालनमा थप कडाई गर्न लागेको हो ।

उपत्यकाका तीन जिल्लामा अब सबै खालका बैंक तथा वित्तीय संस्थाहरुले अत्यन्त न्यून शाखा मात्र खोल्न पाउनेछन् । यो विषयको सर्कुलर राष्ट्रबैंकले सोमबार जारी गर्ने तयारी गरिरहेको छ ।
राष्ट्रबैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार काठमाण्डौ जिल्लामा वाणिज्य बैंकहरुले दैनिक रुपमा मुख्य कार्यालय र ३ वटा शाखा मात्र खोल्न पाउनेछन् । यस्तै, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा मात्र खोल्न पाइनेछ ।

यस्तै, विकास बैंकहरुले केन्द्रीय कार्यालय बाहेक काठमाण्डौमा २ शाखा र ललितपुर तथा भक्तपुरमा १ १ शाखा मात्र खोल्न पाउनेछन् ।

बित्त कम्पनीहरुले भने मुख्य कार्यालयबाहेक उपत्यकाका तीनवटै जिल्लामा एउटा शाखा मात्र खोल्न पाउनेछन् ।
राष्ट्र बैंकका प्रवक्ता ढकालले भने ‘हाम्रो यो निर्देशनपछि उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका कुनै निश्चित शाखा कम्तीमा सातामा एकपटक मात्र खुल्ने अवस्था बन्नेछ ।’

यसो गर्दा बैंक आउने र जाने नाममा हुने मानवीय गतिविधि र त्यसबाट हुनसक्ने संक्रमणको जोखिम न्यून हुने राष्ट्र बैंकको ठहर रहेको उनले बताए ।
पछिल्लो समय निषेधाज्ञामा कडाई गरिए पनि बैंक जाने र आउने नाममा मानिसहरुको गतिविधि बढेको, साच्चिकै काम परेर भन्दा पनि घरबाट बाहिरै निस्किने उद्देश्यले बैंकको नाम भजाउँदै मानिसहरु हिँड्न थालेका देखिएको राष्ट्रबैंकको भनाई छ ।

२०७८ जेठ १० गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...