back

उपत्यकामा बैंक शाखा अब सातामा एकदिन मात्रै खुल्ने नीति बनाईदै

काठमाडौँ । नेपाल राष्ट्रबैंकले उपत्यकाका तीन जिल्लामा बैंकको शाखा संचालनमा कडाई गर्ने जनाएको छ ।
बैंकमा जाने नाममा मानिसको गतिविधि बढेको र यसले उपत्यकामा कोरोना संक्रमणको चेन ब्रेकमा चुनौति सिर्जना भएको निश्कर्ष निकाल्दै विज्ञहरुले सुझाव दिएपछि राष्ट्रबैंकले शाखा संचालनमा थप कडाई गर्न लागेको हो ।

उपत्यकाका तीन जिल्लामा अब सबै खालका बैंक तथा वित्तीय संस्थाहरुले अत्यन्त न्यून शाखा मात्र खोल्न पाउनेछन् । यो विषयको सर्कुलर राष्ट्रबैंकले सोमबार जारी गर्ने तयारी गरिरहेको छ ।
राष्ट्रबैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार काठमाण्डौ जिल्लामा वाणिज्य बैंकहरुले दैनिक रुपमा मुख्य कार्यालय र ३ वटा शाखा मात्र खोल्न पाउनेछन् । यस्तै, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा मात्र खोल्न पाइनेछ ।

यस्तै, विकास बैंकहरुले केन्द्रीय कार्यालय बाहेक काठमाण्डौमा २ शाखा र ललितपुर तथा भक्तपुरमा १ १ शाखा मात्र खोल्न पाउनेछन् ।

बित्त कम्पनीहरुले भने मुख्य कार्यालयबाहेक उपत्यकाका तीनवटै जिल्लामा एउटा शाखा मात्र खोल्न पाउनेछन् ।
राष्ट्र बैंकका प्रवक्ता ढकालले भने ‘हाम्रो यो निर्देशनपछि उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका कुनै निश्चित शाखा कम्तीमा सातामा एकपटक मात्र खुल्ने अवस्था बन्नेछ ।’

यसो गर्दा बैंक आउने र जाने नाममा हुने मानवीय गतिविधि र त्यसबाट हुनसक्ने संक्रमणको जोखिम न्यून हुने राष्ट्र बैंकको ठहर रहेको उनले बताए ।
पछिल्लो समय निषेधाज्ञामा कडाई गरिए पनि बैंक जाने र आउने नाममा मानिसहरुको गतिविधि बढेको, साच्चिकै काम परेर भन्दा पनि घरबाट बाहिरै निस्किने उद्देश्यले बैंकको नाम भजाउँदै मानिसहरु हिँड्न थालेका देखिएको राष्ट्रबैंकको भनाई छ ।

२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड

वि.सं.२०८३ साउन ११ सोमवार १४:३८

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको...

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

वि.सं.२०८३ साउन ११ सोमवार १३:०५

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार १७:०१

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...