back
Naima

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित आइकन को २८ औं वार्षिकोत्सव समारोहमा उनले कर प्रणालीमा चाहे अनुसारको सुधार गर्न नसकेको भन्दै व्यवसायीहरुले कर छल्न नसक्ने खालको कर प्रणाली स्थापित गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले करमा सुधार र राजस्व वृद्धिको कुरा गरिरहेका छौ तर पछिल्ला कतिपय तथ्यांकहरुले यो कुरा देखाएको छैन् । कर प्रणालीमा सुधारको कुरा गर्छौ र तर त्यसमा चाहे अनुसारको सुधार गर्न सकिरहेका छैनौ । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै कामहरु गर्न बाँकी छ ।’

पुँजीबजारलाई दिगो, भरपर्दो र विश्वसनिय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चोरीहरुलाई प्रवेश हुन नदिनको लागि आइकनले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने पनि उनको भनाई छ ।यसको साथै, उनले सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्याहरुलाई समाधान गर्नको लागि एकसाथ २९ वटा कानूनहरु संशोधन गर्न लागेको बताए ।

उनले भने, ‘पछिल्लो समय सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्याहरुलाई विस्तारै समाधान गर्दै अगाडि बढ्न चाहिरहेको छ । अर्थतन्त्रलाई चलाएमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षण गर्नको लागि पनि सरकारले प्रयास गरिरहेको छ ।

एकसाथ २९ वटा कानून संशोधन गरेर सुशासन र सवा प्रवाहको सन्दर्भमा भएका समस्याहरु समाधान गर्न सरकार अगाडि बढेको छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...