back

मिर्मिरे लघुवित्तद्धारा डिजिटल बैंकिङ सेवा प्रवाह

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ। कोभिडको यो समयमा सदस्यहरुले घरबाट नै आफ्ना कारोबारहरु गर्न सकियोस र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ सुरु गर्न लागिएको र सो कार्यका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन तथा अख्तियारी दिइएको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले जानकारी दिए।

अध्यक्ष बोहराले नेपाल सरकार तथा नियामक निकाय नेपाल राष्ट्र बैंकले ‘वर्क फ्रम होम’ र ‘क्यास लेस’ कारोबारका लागि निरन्तर गरिएको आग्रह तथा निर्देशनको पालना गर्ने क्रममा सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिन लागिएको बताए।

यसैबीच सोमबार संस्थाका सहायक प्रमुख कार्यकारी बिर्खबहादुर बोहरा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी उमेश रघुवंशीबीच डिजिटल बैंकिङ सेवाका लागि सम्झोतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ। डिजिटल बैंकिङअन्तर्गत सदस्यहरुले कारोबारको एसएमएसबाट जानकारी पाउने, सदस्यहरुले घरमै बसेर आफ्नो खाताको जानकारी लिने, ई–सेवा, खल्ती तथा फोन पेजस्ता डिजिटल वालेटहरुमा रकम राख्न पाउने, मोबाइल, डिसहोम, इन्टरनेट, बिजुली तथा खानेपानीका बिलहरु घरमै बसेर भुक्तानी गर्न पाउनेलगायत दुई दर्जन बढी सेवाहरु पाउने संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए।

विश्व आफैँ प्रविधिमा छलाङ मारिरहेको अवस्थामा मिर्मिरेले पनि आवश्यक प्रविधिहरु अँगाल्दै आगामी दिनमा घरमै बसेर सदस्यहरुले कर्जाका लागि आवेदन दिन सकिने टोल–टोलमा नै स्पट बैंकिङअन्तर्गत बचत राख्न र निकाल्न पाउनेलगायतका सेवाहरु विस्तार गर्दै लान सकिने संस्थाका अध्यक्ष बोहराले जानकारी गराए।

संस्थाका सहायक प्रमुख कार्यकारी बिर्खबहादुर बोहराले अहिले सबै जना घरभित्रै बस्नुपर्ने अवस्थामा संस्थाले ल्याएको डिजिटल बैंकिङ सेवा लिई भरपुर फाइदा उठाउन सबै सदस्यहरुलाई आग्रहसमेत गरेका छन्।

२०७८ जेठ ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:३९

काठमाडौं । लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच वार्ता हुने

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच वार्ता हुने

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४०

काठमाडां । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...