back

मिर्मिरे लघुवित्तद्धारा डिजिटल बैंकिङ सेवा प्रवाह

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ। कोभिडको यो समयमा सदस्यहरुले घरबाट नै आफ्ना कारोबारहरु गर्न सकियोस र अत्यावश्यक कतिपय सेवाहरु घरमा नै बसेर गर्न सकियोस भन्ने उद्देश्यका साथ डिजिटल बैंकिङ सुरु गर्न लागिएको र सो कार्यका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन तथा अख्तियारी दिइएको संस्थाका अध्यक्ष टेक बहादुर बोहराले जानकारी दिए।

अध्यक्ष बोहराले नेपाल सरकार तथा नियामक निकाय नेपाल राष्ट्र बैंकले ‘वर्क फ्रम होम’ र ‘क्यास लेस’ कारोबारका लागि निरन्तर गरिएको आग्रह तथा निर्देशनको पालना गर्ने क्रममा सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिन लागिएको बताए।

यसैबीच सोमबार संस्थाका सहायक प्रमुख कार्यकारी बिर्खबहादुर बोहरा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी उमेश रघुवंशीबीच डिजिटल बैंकिङ सेवाका लागि सम्झोतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ। डिजिटल बैंकिङअन्तर्गत सदस्यहरुले कारोबारको एसएमएसबाट जानकारी पाउने, सदस्यहरुले घरमै बसेर आफ्नो खाताको जानकारी लिने, ई–सेवा, खल्ती तथा फोन पेजस्ता डिजिटल वालेटहरुमा रकम राख्न पाउने, मोबाइल, डिसहोम, इन्टरनेट, बिजुली तथा खानेपानीका बिलहरु घरमै बसेर भुक्तानी गर्न पाउनेलगायत दुई दर्जन बढी सेवाहरु पाउने संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए।

विश्व आफैँ प्रविधिमा छलाङ मारिरहेको अवस्थामा मिर्मिरेले पनि आवश्यक प्रविधिहरु अँगाल्दै आगामी दिनमा घरमै बसेर सदस्यहरुले कर्जाका लागि आवेदन दिन सकिने टोल–टोलमा नै स्पट बैंकिङअन्तर्गत बचत राख्न र निकाल्न पाउनेलगायतका सेवाहरु विस्तार गर्दै लान सकिने संस्थाका अध्यक्ष बोहराले जानकारी गराए।

संस्थाका सहायक प्रमुख कार्यकारी बिर्खबहादुर बोहराले अहिले सबै जना घरभित्रै बस्नुपर्ने अवस्थामा संस्थाले ल्याएको डिजिटल बैंकिङ सेवा लिई भरपुर फाइदा उठाउन सबै सदस्यहरुलाई आग्रहसमेत गरेका छन्।

२०७८ जेठ ४ गते प्रकाशित


विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १६:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा...

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४५

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल...

आज सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु हुने

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:५३

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम)...

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १० बिहीवार १८:१२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर...