back

बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु

काठमाडौं । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो ।

उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो ।

पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी  भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा  बुबाको आइतबार मृत्यु भएको थियो ।  सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो ।

यद्यपि बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन । आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको  स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए ।

कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएको तर परीक्षणमा भने रिपोर्ट नेगेटिभ देखिएको थियो ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

२०७८ जेठ ४ गते प्रकाशित ।


प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४७

काठमाडौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।...

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४१

राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी...

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:३६

काठमाडौंका विभिन्न ठाउँमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै...

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:२५

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष...

राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि सेनाले बढायो सक्रियता(फोटोहरु)

राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि सेनाले बढायो सक्रियता(फोटोहरु)

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:१८

काठमाडौं । काठमाडौंमा राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको...