back

अब एसएमएसबाटै शेयर बजारको जानकारी लिन सक्ने

काठमाडौँ । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी लिन सक्ने भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र विभिन्न समाचार माध्यमको विकल्पमा आफुले लिन चाहेको शेयरबजार सम्वन्धि जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सक्ने भएका हुन ।
शेयर बजारका लगानीकर्ता इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अवस्थामा पनि शेयर सम्वन्धि जानकारी लिन सकिने गरी यो सेवा प्रदान गरिएको छ ।

मेरो लगानीले शुरू गरेको एसएमएस सेवाबाट ग्राहकले शेयर बजारमा हाल जारी भइरहेका प्राथमिक निष्काशन तथा निकट भविष्यमा निष्काशन हुने तयारीमा रहेका (आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर) हकप्रद, शेयर बजारमा कारोबार भएको आधारमा बजारको समीक्षा (नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम) तथा नाफा कमाउने र गुमाउने कम्पनीहरुको जानकारी समेत पाउने छन् ।

कसरी लिने सेवा ?

हाल मेरोलगानी एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवाहरु एनसेल र नेपाल टेलिकम दुवैबाट लिन सकिने छ । यसअघि एनसेलबाट मात्रै यस्तो सेवा लिन सकिने भएपनि अब नेपाल टेलिकमबाट पनि एसएमएस सेवा सुरु गरिएको छ ।नेपाल टेलिकमका सिम प्रयोगकर्ताले *३१०५१*२# डायल गरी एसएमएस सेवा लिन सक्नु हुने छ । एसएमएस सेवामा आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर लगायतको बारेको जानकारी तुरून्त प्राप्त गर्न सक्नु हुने छ । साथै कम्पनीका साधारण सभा, राइट शेयर, बोनस सेयर र लाभांशको बारेमा पनि तुरून्तै सूचना पाउनु हुने छ ।

पोडकास्टमा शेयर बजारका सूचना,समाचारमात्र होइन बजार सकिएपछि त्यही दिनको बजारबारे गरिएको छलफल पनि सुन्न सक्नु हुने छ । जसका लागि यहाँले एसएमएस अर्लट्सको हप्ताको २० रुपैयाँ र पोडकाष्ट सुन्न पनि हप्ताको २० रुपैयाँ नै तिनुपर्ने हुन्छ ।

त्यसैगरी एनसेल सिम प्रयोगकर्ताले एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवा लिन *१७१७४#  डायल गर्नुपर्ने छ । जसमा एनसेल प्रयोगकर्ताले एसएमएस सेवा तीन दिनको लागि १० रुपैयाँ, साप्ताहिक सेवाका लागि २६ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

मेरो लगानीबाट साभार
२०७८ जेठ १ गत प्रकाशित


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

पोखरा बेलुन विस्फोट घटनाको छानविन समितिले बुझायो प्रतिवेदन: के छ प्रतिवेदनमा ?

पोखरा बेलुन विस्फोट घटनाको छानविन समितिले बुझायो प्रतिवेदन: के छ प्रतिवेदनमा ?

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३१

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा...

रोकिएन सेयर बजारको गिरावट : नेप्से ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा

रोकिएन सेयर बजारको गिरावट : नेप्से ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा

वि.सं.२०८१ चैत ५ मंगलवार १७:२१

काठमाडौं। मंगलबार नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा झरेको...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...