back

मर्चेन्ट बैंकका अत्यावस्यक सेवाबाहेक सबै स्थगित, कार्यालयमा नआउन आग्रह

काठमाडौँ । मर्चेण्ट बैंकरहरुले आफ्ना ग्राहकहरुलाई अत्यावस्यक बाहेकका सेवाको लागि कार्यालय नआउन आग्रह गरेको छ । कोभिडको जोखिमलाई मध्यनजर गर्दै बैंकहरुले सकेसम्म सम्पूर्ण कामहरु अनलाईनमार्फत गर्न आग्रह गरेका छन् । धितोपत्र बोर्डले बैशाख ३० गते दिएको निर्देशनपछि मर्चेन्ट बैंकर्स एशोसिएसनले शुक्रबार विज्ञप्ती जारी गर्दै सबे मर्चेन्ट बैंकहरुका सेवाग्राहीले अनलाइनमार्फत सेवा लिनुपर्ने भएको हो ।

नेपाल सरकारले अत्यावश्यक कार्यबाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागू गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम संचालनको लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउने गरी वर्क फ्रम होममार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको उल्लेख गर्दै एशोसिएसनले ग्राहक तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधिभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सार्वजनिक अपील समेत गरेको छ ।

 

एशोसिएसनले शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईनमार्फत गर्न तथा शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गरेको छ । अनलाइन कारोवारका क्रममा मेरो शेयर वा इडिआईएस सम्बन्धी केही समस्या आइपरेमा कम्पनीको फोन नम्बर तथा वेभसाईटमा उल्लेख गरिएको इमेल र मोबाइल नम्बरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रेस बिज्ञप्ति
विश्वव्यापी महामारीको दोस्रो लहरको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण संक्रमितहरुको संख्यामा दिनानुदिन बृद्धि भईरहेको सर्वबिदितै छ । यस असहज परिस्थितिमा नेपाल धितोपत्र बोर्डबाट मिति २०७८–०१–३० गतेको पत्र बमोजिम सम्पूर्ण मर्चेण्ट बैंकरहरुले आफ्ना ग्रहकहरुलाई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पुर्ण सेवाहरु हाललाई स्थगित गरिएको व्यहोरा अनुरोध गर्न चाहन्छौं ।

नेपाल सरकारले अत्यावश्यक कार्य बाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागु गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम संचालनको लागि कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउने गरि work from home मार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको हुँदा ग्राहकवर्ग तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधीभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहक वर्गमा नेपाल मर्चेण्ट बैंकर एशोसियसन हार्दिक अनुरोध गर्दछ ।

शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईन मार्फत गर्नुहुन तथा शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गर्दछौं । अनलाइन कारोवारका क्रममा मेरो शेयर वा इडिआईयस सम्बन्धी केहि समस्या आई परेमा कम्पनीको फोन नंवर तथा वेभ साईटमा उल्लेख गरिएको इमेल र मोबाइल नंवरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्नुहुन समेत अनुरोध गर्दछौं ।

२०७८ जेठ १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वि.सं.२०८३ साउन १७ आइतवार २०:३१

काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त...

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

वि.सं.२०८३ साउन १७ आइतवार २०:२९

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

वि.सं.२०८३ साउन १७ आइतवार ११:५४

काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३१

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२)...