back

आईपिओ निष्काशन अनुमति माग्दै यी दुई कम्पनी पुगे धितोपत्र बोर्ड

काठमाडौँ । साधारण सेयर (आईपीओ) निष्काशका लागि २ वटा कम्पनीले अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मानुषी लघुवित्त र दोर्दीखोला जलविद्युत कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गरेका हुन् ।
मानुषी लघुवित्तले बैशाख १३ गते आवेदन दिएको हो भने दोर्दीखोलाले बैशाख २१ गते आवेदन दिएको हो । मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग रहेको छ ।

त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

बोर्डबाट अनुमति पाएपछि दुवै कम्पनीले आईपिओ निष्काशन गर्ने छन् । मानुषी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । यो राष्ट्रिय स्तरको लघुवित्त हो ।

दोर्दीखोलाले भने लमजुङमा १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा लमजुङ इलेक्ट्रीसिटी डेभलपमेन्ट कम्पनीको ८४.९५ प्रतिशत लगानी छ ।

२०७८ वैशाख ३१ गते प्रकाशित


melung
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

वि.सं.२०८० भदौ १ शुक्रवार १४:२१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड...

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

वि.सं.२०८० साउन ३१ बुधवार १०:२७

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

वि.सं.२०८० साउन ३१ बुधवार १०:१६

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...