पञ्चकन्या माई २१ करोड १४ लाख रुपैयाँ घाटामा
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा पञ्चकन्या माई हाइड्रोपावर २१ करोड १४ लाख रुपैयाँ बराबर घाटामा रहेको छ । यो नोक्सानी गत वर्ष भन्दा पनि बढी हो । कम्पनी गत वर्ष वर्ष यो कम्पनी १६ करोड ३६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । यता, विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि गरिवाट आएको छ । गत वर्ष विद्युत बिक्रिबाट १७ करोड ६७ लाख रुपैयाँ आम्दानी भएकोमा चालु आर्थिक वर्ष १५ करोड ५० लाख रुपैयाँमा झरेको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यता, जगेडा कोष भने २१ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चैत मसान्तसम्म आइपुग्दा यो प्रतिसेयर १ रुपैयाँ ११ पैसा नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ ७८ पैसा छ ।
प्रकाशित समय : ०४:५५ बजे