back

अघिल्लो वर्ष घाटामा रहेको युनाइटेड इदी मर्दीले कमायो पौने २ अर्ब नाफा

काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पौने २ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।
कम्पनीको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि २८.३० प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ७ करोड ८४ लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर १० करोड ६ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि २ करोड ४७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको रिजर्भ २ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष रिजर्भ १ करोड ६६ लाख रुपैयाँले ऋणात्मक थियो।

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५.६९ रुपैयाँ रहेको छ। पीई रेसियो ५२.२३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९३.५० रुपैयाँ रहेको छ।


कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : थपलिया

कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : थपलिया

वि.सं.२०८१ माघ १३ आइतवार ११:०६

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम उद्यमशीलता र साना...

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १६:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा...

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४५

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल...

आज सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु हुने

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:५३

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम)...