back

नेपालमा ठूलो वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौं : कोरियाली राजदूत

धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं।’

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन्।

शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए।

कोरियाले अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वधार गरी हाल निर्माणाधीन ११  विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको उनले बताए। पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरे।

पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट भएले त्यसका लागि आवश्यक नीतिगत र कानूनी अड्चन हटाउन लागिएको पनि बताए। मन्त्री पुनले नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधि क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको बताए।

संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको उल्लेख गरे। ‘कोरिया एउटै पुस्ताले बनाएको देश हो। जसले भयावह गरिबीको दुस्चक्र पनि भोग्यो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ’, पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुशरण गर्नुपर्ने धेरै कुरा छन्।’

राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोगजारी प्रणाली (इपीएस) लाई निरन्तरता दिने बताए। नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिए। कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपीएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको जानकारी उनले दिए। नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको उनले बताए।

उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको पनि उल्लेख गरे। हाल गण्डकीमा सञ्चालित कोरियन भोकेशनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उनको भनाइ थियो। नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएकाले त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयातन बढाउन चाहेको जानकारी उनले दिए।

आगामी मे महिनाबाट नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए। त्यसका लागि केही कानूनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन आग्रह गरे।

कोरियाले नेपालमा धेरैधन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सिर्जना होओस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु। धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं।’

नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेण्टी गर्नुपर्नेमा भने उनको चासो थियो। राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीहरुका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको पनि बताए।


नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंक ६९ औँ वर्षमा प्रवेश : अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:३४

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको...

अमेरिकी कम्पनीहरू ठूलो लगानी लिएर नेपाल आउन चाहेका छन्ः अतुल कश्यप

अमेरिकी कम्पनीहरू ठूलो लगानी लिएर नेपाल आउन चाहेका छन्ः अतुल कश्यप

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२०

काठमाडौं । अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३७

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड...

इप्पान र एक्स्पो: ‘विद्युत् विद्येयक निजी क्षेत्र र लगानीमैत्री बनाइयोस्’

इप्पान र एक्स्पो: ‘विद्युत् विद्येयक निजी क्षेत्र र लगानीमैत्री बनाइयोस्’

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०९:५७

काठमाडौं । ऊर्जा व्यवसायी तथा सरोकारवालाहरुले ‘विद्युत् विद्येयक, २०८०’ लाई...

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...