कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

वि.सं.२०८० मंसिर १२ मंगलवार

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा ३२ अर्ब रुपैयाँ सेयरमा लगानी गरेको छ ।
कोषले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज मसान्तसम्म धितोपत्रमा २२ प्रतिशत लगानी बढाएर ३२ अर्ब २ करोड ३५ लाख रुपैयाँ गरेको हो ।
गत वर्षको सोही अवधिमा कोषले २६ अर्ब २३ करोड ९४ लाख रुपैयाँ धितोपत्रहरूमा लगानी गरेको थियो ।
असोजसम्म कोषको बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ मौज्जात रहेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब २५ अर्ब ९८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मौज्जात थियो ।
कोषका अनुसार गत असोजसम्म २ अर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको छ । गत वर्षको असोजमा २ खर्ब २७ अर्ब ७३ करोड रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको थियो ।
४ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ कूल सम्पत्ति रहेकोमा गत असोजसम्म बढेर ५ खर्ब २३ अर्ब ६९ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ ।

प्रकाशित समय : ११:२३ बजे