बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गरिने
वि.सं.२०७९ जेठ १० मंगलवार
काठमाडौं। नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने जानकारी दिएकी हुन् ।
सरकारले १२ सय मेगावट बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गर्ने भएको हो ।
प्रकाशित समय : १७:३६ बजे





















