back

रसुवा मालपोतद्वारा ११ लाख राजस्व छुट

रसुवा। भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो ।

गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले रू ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ । मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार साउनदेखि फागुन मसान्तसम्म १४६ महिलाले जग्गाको भूस्वामित्व प्राप्त गरेको र सरकारको नीतिबमोजिम तोकिएको शुल्कमा ग्रामीण महिलाले ५० प्रतिशत र सदरमुकाम क्षेत्रमा बसोबास गर्ने महिलाले २५ प्रतिशत राजस्व दस्तुर छुट पाउदै आएका छन् ।

गत एक वर्षको अवधिमा १८९ महिलाले भूस्वामित्व प्राप्त गरी रू नौ लाख आठ हजार ७३९ रजिस्टेशन शुल्क छुट पाएको प्रमुख श्रेष्ठले जानकारी दिए । रजिस्टेशन शुल्कमा छुट पाउने भएपछि श्रीमतिका नाममा जग्गा रजिस्टेशन पारित गराउन प्रफुल्लितरूपले श्रीमान्समेत कार्यालयमा उपस्थित हुने गरेको पाइएकाले केही वर्षपछि अधिकांश महिलाले भूस्वामित्व प्राप्त गर्ने अनुमान गरिएको मालपोतका पुराना अनुभवी कर्मचारी छेक्याल तामाङले बताए ।

यस्तै मालपोत कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्म दृष्टिबन्धकबाहेक ५०६ थान लिखत पारित गरेको छ । यसरी पारित भएका लिखतमा जग्गा लेनदेनको राजिनामा, दर्ताफारी, दान बकसपत्र, अंशबण्डा, अंश भर्पाईसमेत रहेका छन् ।

पारित लिखतबाट निर्धारित दररेटबमोजिम रू ९९ लाख ४६ हजार ३७९ राजस्व प्राप्त भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष र यस वर्षको सोही अवधि तुलना गर्दा आठ महिनाको अन्तरालमा २१ प्रतिशतले राजस्वको दस्तुर वृद्धि भएको छ ।

 


नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

वि.सं.२०८२ जेठ ६ मंगलवार १९:४६

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई...

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ५ सोमवार २०:१८

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२÷८३ को...

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

वि.सं.२०८२ जेठ ५ सोमवार १०:२१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । आजको बैठक नियमित...