back

निर्जिवन बीमा कम्पनीको बिमा शुल्क संकलन २७ प्रतिशतले बढ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्र्तिक महिनासम्ममा १२ अर्ब ५८ करोड २८ लाख ७३ हजार बीमाशुल्क संकलन गरेका छन् । यो संकलन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिसम्ममा निर्जीवन कम्पनीहरुले मात्रै ९ अर्ब ८८ करोड संकलन गरेका थिए ।

त्यसैगरी निर्जीवन बीमालेखको संख्यामा पनि ३४.६३ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको कात्र्तिकसम्मा कुल निर्जीवन बीमालेख संख्या ७ लाख ३२ हजार ३ सय ५९ पुगेकोमा अहिले समिक्षा अवधिमा पुगेको निर्जीवन बीमालेख संख्या बिमा समितिले ९ लाख ८५ हजार ९सय ४७ बिक्रि गरेको जनाएको छ ।

यता निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुजी समिक्षा अवधिमा ७.९६ प्रतिशतले बढेको छ ।

यस्तो छ, बीमा समितिले आज सार्वजनीक गरेको २० निर्जिवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलनको अवस्थाः

समिक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस पहिलो चौमास अवधिसम्ममा एक अर्ब ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

त्यसैगरी दोस्रोमा सगरमाथा इन्स्योरेन्सले एक अर्ब २० करोड १६ लाख ७६ हजार रुपैयाँँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा नेको इन्स्योरेन्सले एक अर्ब पाँच करोड ५८ लाख १४ हजार रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी क्रमशः सिद्धाथ इन्स्योरेन्सले ९० करोड १० लाख ८३ हजार, एनएलजी इन्स्योरेन्स कम्पनीले ८३ करोड ३५ लाख २५ हजार,, प्रिमियर इन्स्योरेन्स कम्पनीले ७७ करोड ७८ लाख ७० हजार, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ५८ करोड ८९ लाख ९० हजार, युनाईटेड इन्स्योरेन्स कम्पनीले ५८ करोड ७६ लाख १४ हजार, आईएमई जनरल इन्स्योरेन्स कम्पनीले ५२ करोड ९ लाख ९ हजार, प्रभु इन्स्योरेन्स कम्पनीले ५१ करोड ४३ लाख, अजोड इन्स्योरेन्स कम्पनीले ५१ करोड ४१ लाख, राष्ट्रिय इन्स्योरेन्स कम्पनीले ४८ करोड ६८ लाख , दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४७ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ४७ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले ४६ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४३ करोड, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४२ करोड, नेशनल इन्स्योरेन्स कम्पनीले ३३ करोड, जनरल इन्स्योरेन्स कम्पनीले ३२ करोड र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले २८ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...