back

निर्जिवन बीमा कम्पनीको बिमा शुल्क संकलन २७ प्रतिशतले बढ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्र्तिक महिनासम्ममा १२ अर्ब ५८ करोड २८ लाख ७३ हजार बीमाशुल्क संकलन गरेका छन् । यो संकलन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिसम्ममा निर्जीवन कम्पनीहरुले मात्रै ९ अर्ब ८८ करोड संकलन गरेका थिए ।

त्यसैगरी निर्जीवन बीमालेखको संख्यामा पनि ३४.६३ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको कात्र्तिकसम्मा कुल निर्जीवन बीमालेख संख्या ७ लाख ३२ हजार ३ सय ५९ पुगेकोमा अहिले समिक्षा अवधिमा पुगेको निर्जीवन बीमालेख संख्या बिमा समितिले ९ लाख ८५ हजार ९सय ४७ बिक्रि गरेको जनाएको छ ।

यता निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुजी समिक्षा अवधिमा ७.९६ प्रतिशतले बढेको छ ।

यस्तो छ, बीमा समितिले आज सार्वजनीक गरेको २० निर्जिवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलनको अवस्थाः

समिक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस पहिलो चौमास अवधिसम्ममा एक अर्ब ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

त्यसैगरी दोस्रोमा सगरमाथा इन्स्योरेन्सले एक अर्ब २० करोड १६ लाख ७६ हजार रुपैयाँँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा नेको इन्स्योरेन्सले एक अर्ब पाँच करोड ५८ लाख १४ हजार रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी क्रमशः सिद्धाथ इन्स्योरेन्सले ९० करोड १० लाख ८३ हजार, एनएलजी इन्स्योरेन्स कम्पनीले ८३ करोड ३५ लाख २५ हजार,, प्रिमियर इन्स्योरेन्स कम्पनीले ७७ करोड ७८ लाख ७० हजार, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ५८ करोड ८९ लाख ९० हजार, युनाईटेड इन्स्योरेन्स कम्पनीले ५८ करोड ७६ लाख १४ हजार, आईएमई जनरल इन्स्योरेन्स कम्पनीले ५२ करोड ९ लाख ९ हजार, प्रभु इन्स्योरेन्स कम्पनीले ५१ करोड ४३ लाख, अजोड इन्स्योरेन्स कम्पनीले ५१ करोड ४१ लाख, राष्ट्रिय इन्स्योरेन्स कम्पनीले ४८ करोड ६८ लाख , दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४७ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ४७ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले ४६ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४३ करोड, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४२ करोड, नेशनल इन्स्योरेन्स कम्पनीले ३३ करोड, जनरल इन्स्योरेन्स कम्पनीले ३२ करोड र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले २८ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

वि.सं.२०८३ साउन ४ सोमवार १५:३६

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले...

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१५

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय...