back

सुर्खेतमा खाद्यका लागि कृषि अभियानको पैरवी सुरुवात

काठमाडौँ । कर्णाली तथा मुलुकको खाद्य तथा कृषिमा अध्ययन गर्दै आएका कृषि विज्ञले ‘खाद्यका लागि कृषि अभियान’ नीतिगत पैरवी सुरुआत गरेका छन् ।

इन्भारामेन्टल रिसोसिज इन्स्टिच्युटको सहयोगमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा कर्णालीका सञ्चारकर्मीसँगको छलफलमा सहभागीले कृषि अभियान नीतिगत पैरवीको सशक्त अभ्यास भएको बताएका छन् । छलफलमा कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेलले ५०० वर्षदेखि मानव जातिले कृषिमा बाटो बिराउँदै आएको तर्क राखे ।

“हामीले पृथ्वीमाथि जित्छौँ भन्ने घमण्डले आज पत्रु (जङ्क) खाना खाँदै आएका छौँ”, उनले भने, “अर्को कुरा हाम्रो खेतीपाती पैसाका लागि भइरहेको छ । यो बाँच्ने माध्यम हुनुपथ्र्यो तर नियति भइरहेको छ ।” खानाका लागि गरिएको स्रोतको दोहन र विकास जलवायु परिवर्तनको मुख्य कारण भएको डा पौडेलले जिकिर गरे ।

आत्मसम्मानका लागि सहकार्य (क्याड नेपाल) जुम्लाका कार्यकारी निर्देशक तथा कृषि अभियान्ता धनबहादुर गौतमले विगत १० वर्षदेखि कृषिमा आत्मनिर्भर, रैथानेबालीको संरक्षण, प्रवद्र्धन र प्राङ्गारिक कृषिमा जोड कसरी दिन सकिन्छ भन्ने मामलामा सरकारलाई नीतिगत तहमा सहयोग पु¥याउँदै आएको जानकारी दिए । उनले हुम्ला, डोल्पाजस्ता जिल्लामा करोडौँको चामल ढुवानीमा सरकारले पैसा फाल्ने भन्दा त्यहाँका नागरिकको उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

इन्भारामेन्टल रिसोसिज इन्स्टिच्युटका प्रतिनिधि सुजाता तामाङले अभियानले खाद्य तथा कृषिका क्षेत्रमा काठमाडौँ र कर्णाली जोड्न कार्यमूलक अनुसन्धान, खेतीपातीका र खानाका लागि बहस, जनअदालतको काम गरिरहेको बताए । त्यस्तै कृषिमा आएका समस्या, चुनौती र सम्भावनाका मुद्दालाई पनि आफूहरुले उठान गर्दै आएको उनको भनाइ थियो ।

सञ्चारकर्मीले पलायन हुँदै गएको युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न, बाँझो जमिनको सिँचाइ व्यवस्था, कृषि पेसालाई सम्मानित गर्ने नीतिगत संरचना तयार गरी त्यसलाई कार्यान्वयनमा लैजाने मुद्दालाई सशक्तरुपमा उठान गर्न सुझाव दिएका थिए । सोही क्रममा उनीहरुले विश्वका कृषिमा आत्मनिर्भर मुलुकमा पाँच प्रतिशतले ९५ प्रतिशतलाई पालेको तर नेपालमा ८२ प्रतिशत खेती किसान गर्दा पनि आफैँ पालिन नसकेको लज्जास्पद परिवेश अन्त्य गर्ने नीतिको प्रभावकारी कार्यान्वयन अनिवार्य शर्त हुनुपर्नेमा जोड दिएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

वि.सं.२०८३ साउन ४ सोमवार १३:२३

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का...

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

वि.सं.२०८३ साउन ३ आइतवार १३:४१

काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा उद्योग विभागले कुल ५८...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...