back

सेन्चुरी बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा सय रुपैयाँ बोनस र स्मार्टफोन उपहार पाइने

काठमाडौँ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिंक गर्ने जोकोहीले सय रुपैयाँ बोनस प्राप्त गर्ने भएको छ। यसका साथै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्।

यो बोनस अफर पहिलोपटक सेन्चुरी बैंक अकाउन्ट ‘खल्ती’ सँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुन्छ। प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ।

त्यसैगरी प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्नेछ। केही सेकेन्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ‘खल्ती’ मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

यो १०० बोनस अफर मंसिर ३ देखि ४ पुस २०७८ सम्म ‘खल्ती’ सँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहीलाई लागू हुन्छ।

अफरका बारेमा ‘खल्ती’ डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले भने, ‘हामीले मानिसहरुलाई डिजिटल भुक्तानीहरु प्रयोग गर्न प्रोत्साहित गर्न यो बोनस ल्याएका छौँ। अब ग्राहकले पटक–पटक पैसा लोड गर्ने झन्झट झेल्नुपर्दैन। धेरै मानिसहरु यो सेवालाई बढी रुचाउँछन्। किनकि यसले उनीहरुलाई लिंक गरेको एक बैंकबाट कुनै पनि बैंकमा सेकेन्डमै पैसा पठाउन सकिन्छ।’

सेन्चुरी बैंक खाता ‘खल्ती’ मा लिंक गर्न प्रयोगकर्ताले निम्न कुराहरु गर्नुपर्छः

‘खल्ती’ को होमस्क्रिनमा रहेको ‘लिंक बैंक आउकान्ट’ मा ट्याप गर्ने
त्यहाँ ‘लिंक बैंक टु खल्ती’ मा ट्याप गर्ने
सेन्चुरी बैंक छानी बैंक खाता नम्बर हाल्ने रसब्मिटमा ट्याप गर्ने
जानकारी ठिक छ भने ‘लिंक बैंक प’ मा ट्याप गर्ने
आफ्नो मोबाइलमा प्राप्त ओटीपी (भेरिफिकेसन कोड) भर्ने र भेरिफाईमा ट्याप गर्ने
तपाइँको ‘खल्ती’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ।
यसलगायत ‘खल्ती’ मा थप १६ बैंकको खाता लिंक गर्न सकिन्छ।

२० लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको ‘खल्ती’ ले विगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउँदै आइरहेको छ। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

खल्ती’ एप प्जबतिष्।अयmरबउउ मा गइ डाउनलोड गर्न सकिन्छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

वि.सं.२०८३ साउन ४ सोमवार १३:२३

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का...

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत

वि.सं.२०८३ साउन ३ आइतवार १३:४१

काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ मा उद्योग विभागले कुल ५८...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...