मेगा बैंकको लाभांश संशोधन, कति कायम भयो ?
वि.सं.२०७८ मंसिर १ बुधवार
काठमाडौँ । मेगा बैंक लिमिटेडको लाभांश संशोधन भएको छ । बैंकद्धारा प्रश्तावित लाभांश राष्ट्र बैंकले राष्ट्र निर्देशन अनुसार संशोधन गरिएको हो । अब बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
यसअघि बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित समय : १२:१९ बजे





















