back
Naima

नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्न सम्झौता

काठमाडौँ। नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ।

आफ्ना ग्राहकलाई गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी नबिल बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहजबीच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्भौता गरेको र सोहीअनुसार बैंक र सहजबीच परियोजना तयार गरिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले एक विशेष समारोहका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। परियोजनाका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने, नबिल बैंकले सदैव वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको छ र कृषि क्षेत्रमा गरिने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताए।

नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विसकन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरु प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको हो। यस सम्झौताअन्तर्गत बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुबिधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी÷व्यवसायीहरुको वास्तविक आवश्कता अनुकूल वित्तीय स्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउने यस नविन कार्यमा सहजसँग साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको नबिल बैंकले जनाएको छ। यसका साथै बैंकको दीर्घकालीन लक्ष्य “समृद्ध र समावेशी कृषि क्षेत्रको विकासमा” प्राप्तिलाई सहजसँगको यस साझेदारीले थप उचाइमा पुर्याउनेमा बैंकको विश्वास छ।

देशभर रहेका आफ्ना १३५ वटा शाखा, १८८ एटीएम, ७ एक्सटेन्सन काउन्टर र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुसहितको वृहत् सन्जालमार्फत बैंकले निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ। ३७ वर्षको अनुभवका साथ दक्ष जनशक्ति र सुरक्षित बैंकिङ प्रणालीमार्फत बैंकका ग्राहकहरुलाई विस्तारित एवं उच्च स्तरीय सेवा प्रदान गर्नेतर्फ बैंक लक्षित छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...