back
Naima

आँधिखोला लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको नाफा ४१ प्रतिशतले बढाएको छ । लघुवित्तले सार्वजनीक गरेको त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाले ९३ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो। जुन गत वर्षको यही अवधिको तुलनामा ४१.४३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ६६ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

संस्थाको सञ्चालन मुनाफा पनि बढेर ९६ लाख १४ हजार रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ९१ लाख १० हजार रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाले १ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा १ करोड ५३ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले ६२ करोड ४० लाख रुपैयाँ सापटी लिई १ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४२ करोड ११ लाख रुपैयाँ सापटी लिई ७९ करोड ८४ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाले रिजर्भको आकार ६६.२३ प्रतिशतले बढाएर ७ करोड ८७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ४ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १० करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७.३८ रुपैयाँ रहेको छ। पीई रेसियो १२.४४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७८.७९ रुपैयाँ रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य बृद्धि

वि.सं.२०८३ साउन २१ बिहीवार १३:२८

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...