back

आँधिखोला लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको नाफा ४१ प्रतिशतले बढाएको छ । लघुवित्तले सार्वजनीक गरेको त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाले ९३ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो। जुन गत वर्षको यही अवधिको तुलनामा ४१.४३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ६६ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

संस्थाको सञ्चालन मुनाफा पनि बढेर ९६ लाख १४ हजार रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ९१ लाख १० हजार रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाले १ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा १ करोड ५३ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले ६२ करोड ४० लाख रुपैयाँ सापटी लिई १ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४२ करोड ११ लाख रुपैयाँ सापटी लिई ७९ करोड ८४ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाले रिजर्भको आकार ६६.२३ प्रतिशतले बढाएर ७ करोड ८७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ४ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १० करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७.३८ रुपैयाँ रहेको छ। पीई रेसियो १२.४४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७८.७९ रुपैयाँ रहेको छ।


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...