back

एन आई सी एशिया बैंक र iPay बीच व्यवसायिक सम्झौता

काठमाडौँ । विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र Transcash International (iPay) बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा यस बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेज्यूले हस्ताक्षर गरेका हुन् ।

मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिक, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आएका नेपालीहरूले अब बिना झन्झट आईपेको एजेन्टहरु, मोबाइल एप तथा वेबसाइट मार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्नेछन् ।

यस सुविधाका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ । यस व्यवसायिक सम्झौताबाट विदेशमा कमाएको रकम स्वदेशका सबै क्षेत्र, भेग, तह र तप्काका महानुभावहरूले बुझ्न सहज हुने बैंकले विश्वास लिएको छ ।

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको यस बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउदै लैजाने क्रममा आफ्ना ग्राहक महानुभावहरुको सहजताका लागि मोबाइल बैंकिङ्ग एपमा आन्तरिक रेमिट्यान्स पठाउने तथा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुवात गरेको छ ।

आन्तरिक रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकरूले आफ्नो मोबाईल बैंकिङ भित्र रहेको सेन्ट रेमीट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स पठाउन सक्नेछन् । साथै यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

त्यसैगरी रिसिभ रेमिट सुविधा अन्तर्गत यस बैंकका ग्राहकले आफ्नो नाममा आएको रेमिट्यान्स रकम यस बैंकको कुनैपनि शाखा तथा एजेन्टहरूमा भौतिक उपस्थिति बिनै मोबाईल बैंकिङमा रिसिभ रेमिट गरेर यस बैंकमा रहेको खातामा सोझै जम्मा गर्न समेत सकिने छ ।

हाल यस बैकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
२०७८ कात्तिक १५ गते प्रकाशित


३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक , यस्तो छ प्रोसेस

३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक , यस्तो छ प्रोसेस

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट...

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

वि.सं.२०८१ वैशाख ११ मंगलवार १८:०८

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:४८

काठमाडौं । बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद...

सरकारले बिजनेस गर्दैन, निजी क्षेत्रलाई अगाडि सार्छ : अर्थमन्त्री पुन

सरकारले बिजनेस गर्दैन, निजी क्षेत्रलाई अगाडि सार्छ : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०७:३५

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकार आफैंले बिजनेस गर्ने नभई...