ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
वि.सं.२०७८ कात्तिक १४ आइतवार
काठमाडौँ । ज्योति विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
बैंकको ‘९ प्रतिशत ज्योति विकास बैंक बन्ड २०८७’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख इकाइ सूचीकृत भएको छ।
यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउँछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।
यो ऋणपत्र २०८७ सालमा परिपक्व हुनेछ।
२०७८ कात्तिक १५ गते प्रकाशित
प्रकाशित समय : १३:५७ बजे