back

नबिल बैंकले ३५ रुपैयाँमा किन्यो युनाइटेड फाइनान्स

काठमाडौं । स्थापनाको ३६ वर्षपछि नविल बैंकले पहिलोपटक एउटा फाइनान्स कम्पनी अक्वायर गर्ने भएको छ । नविल बैंकमा चौधरी ग्रुपको ठुलो हिस्सा लगानी छ । युनाइटेड फाइनान्स पनि चौधरी ग्रुपकै लगानीमा खुलेको वित्त कम्पनी हो ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँमा किन्ने भएको छ । आगामी असारभित्रै एउटै व्यालेन्ससिट निकाल्नेगरी मर्जरको एमओयू भएको नबिल बैंकका डिजिएम मनोज ज्ञवालीले बताए ।

शुक्रबार मर्जरसंबन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । युनाइटेड फाइनान्समा विनोद चौधरीका भाइ बसन्त चौधरी र मोरङ अटोका मालीक विष्णुकुमार अग्रवालको लगानी रहेको छ ।

नबिल बैंकको चुक्ता पुँजी १३ अर्व ४८ करोड रहेको छ । युनाइटेड फाइनान्सको हाल १ अर्व पुँजी रहेको छ । मर्जरपछि नविल बैंकलाई करिव ३३ करोड पुँजी थपिनेछ । नबिल बैंकको ११९ शाखा रहेको छ भने युनाइटेडको २८ शाखा रहेको छ । नबिलमा ११ सय कर्मचारी रहेका छन भने युनाइटेडमा २ सय २५ जना कर्मचारी रहेका छन ।

नबिल बैंकको मर्जर कमिटि संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सको तर्फबाट मर्जर कमिटीका सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरे । २ वर्ष अघि जनता बैंकको डेपुटी सीईओको जागिर छाडेर युनाइटेड फाइनान्सको सीईओ बनेका अजय मिस्त्र विदा हुने भएका छन । मर्जरपछि सीईओ मिस्त्र हट्ने पक्कापक्की भएको बताइएको छ । युनाइटेड फाइनान्समा भारतको सुन कर्जामा प्रख्यात पाएको मुटुथ फाइनान्सको २० प्रतिसत लगानी रहेको छ ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...