back
himalayan life

नबिल बैंकले ३५ रुपैयाँमा किन्यो युनाइटेड फाइनान्स

काठमाडौं । स्थापनाको ३६ वर्षपछि नविल बैंकले पहिलोपटक एउटा फाइनान्स कम्पनी अक्वायर गर्ने भएको छ । नविल बैंकमा चौधरी ग्रुपको ठुलो हिस्सा लगानी छ । युनाइटेड फाइनान्स पनि चौधरी ग्रुपकै लगानीमा खुलेको वित्त कम्पनी हो ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँमा किन्ने भएको छ । आगामी असारभित्रै एउटै व्यालेन्ससिट निकाल्नेगरी मर्जरको एमओयू भएको नबिल बैंकका डिजिएम मनोज ज्ञवालीले बताए ।

शुक्रबार मर्जरसंबन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । युनाइटेड फाइनान्समा विनोद चौधरीका भाइ बसन्त चौधरी र मोरङ अटोका मालीक विष्णुकुमार अग्रवालको लगानी रहेको छ ।

नबिल बैंकको चुक्ता पुँजी १३ अर्व ४८ करोड रहेको छ । युनाइटेड फाइनान्सको हाल १ अर्व पुँजी रहेको छ । मर्जरपछि नविल बैंकलाई करिव ३३ करोड पुँजी थपिनेछ । नबिल बैंकको ११९ शाखा रहेको छ भने युनाइटेडको २८ शाखा रहेको छ । नबिलमा ११ सय कर्मचारी रहेका छन भने युनाइटेडमा २ सय २५ जना कर्मचारी रहेका छन ।

नबिल बैंकको मर्जर कमिटि संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सको तर्फबाट मर्जर कमिटीका सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरे । २ वर्ष अघि जनता बैंकको डेपुटी सीईओको जागिर छाडेर युनाइटेड फाइनान्सको सीईओ बनेका अजय मिस्त्र विदा हुने भएका छन । मर्जरपछि सीईओ मिस्त्र हट्ने पक्कापक्की भएको बताइएको छ । युनाइटेड फाइनान्समा भारतको सुन कर्जामा प्रख्यात पाएको मुटुथ फाइनान्सको २० प्रतिसत लगानी रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...