back

ऋण काढेर वडावासीलाई खानेपानी

तनहुँ । व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दातृ निकायसँग ऋण काढेर भएपनि उपभोक्तालाई खानेपानी उपलब्ध गराउने भएको छ ।

मादी नदी लिफ्टिङ खानेपानी आयोजनाका लागि बुझाउनुपर्ने रकम अपुग भएपछि समितिले नगर विकास कोषसँग ऋण लिन लागेको हो । करिब रु २६ करोडको लगानीमा सम्पन्न हुने उक्त आयोजनाका लागि समितिले बुझाउनुपर्ने रकमका लागि ऋण माग गरिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

नेपालभरिको खानेपानी संस्थामध्ये दश वटा खानेपानी आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी संस्था पनि छनोट भएको छ । नेपाल सरकारको ७० प्रतिशत र ३० प्रतिशत खानेपानी संस्थाले बेहनुपर्ने हुँदा रकम जुटाउन नसक्दा ऋण लिएर आयोजना सम्पन्न गर्न लागेको समितिले जनाएको छ ।

संस्थाले जम्मा गर्नुपर्ने ३० प्रतिशतमा ५ प्रतिशत नगद जम्मा गरिसकेको र २५ प्रतिशत अपुग हुने देखिएपछि ऋण लिएर भए पनि वडावासीलाई पानी वितरण गर्ने लक्ष्य राखेको छ ।

ऋणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गरी प्रक्रियामा राखिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए । “ऋण लिएपछि किस्ताबन्दी रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ”, उनले भने, “उक्त आयोजना निर्माण सम्पन्न पश्चात व्यास नगरपालिका–१ का पूरै र वडा नं १२ का केही बासिन्दालाई दीर्घकालीन रुपमा खानेपानीको समस्याको अन्त्य हुन्छ ।”

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुवात भई हालसम्म २५०० बढी निजी धारा जडान गरिसकेको छ ।

२०७८ कार्तिक १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...