back

जलविद्युत् आयोजनाले गरे आफुले प्रयोग गरेको १३० रोपनी जग्गाको सट्टाभर्ना

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन तीन जलविद्युत् आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना (उपलब्ध) गराएका छन् । आयोजनाले उपभोग गरेको वन क्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन् ।

पैतीस मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाटको प्रवद्र्धक तुँदी पावर कम्पनीले ९० रोपनी र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोपावरले ३० रोपनी जग्गा सट्टाभर्ना गरेका डिभिजन वन कार्यालयले जनाएको छ ।

सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले तुँदीले धवलागिरि गाउँपालिका–६ मराङमा, रघुगङ्गा हाइड्रोपावरले रघुगङ्गा गाउँपालिका–३ र ५ मा जग्गा उपलब्ध गरेर वनलाई उपलब्ध गराएको जानकारी दिए । जलविद्युत् आयोजनाहरुले प्रयोग गर्ने सरकारी जग्गाको विकल्पमा सोही क्षेत्रफल बराबरको जग्गा उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था छ ।

यसैगरी कटान गरिएको एक रूख बराबर दस बिरुवा वृक्षरोपण गर्नुपर्ने र पाँच वर्षसम्म स्याहारसम्भार गरी हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । बिरुवा उत्पादन, वृक्षरोपण र हेरालुका लागि तुँदीले रु १४ लाख र दुई वन समूहका लागि रघुगङ्गा हाइड्रोपावरले वन डिभिजनलाई रु सात लाख ९६ हजार ६१३ उपलब्ध गराएको छ । राहुघाट जलविद्युत् आयोजनाले ५३८, अपर र मङ्गले राहुघाटले १५३ रूख कटान गरेका थिए ।

यसैगरी गण्डकी प्रदेश सरकारले वन डिभिजन कार्यालयमार्फत चालु आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि रु एक करोड ७७ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । पूँजीगततर्फ रु ५५ लाख र चालु शीर्षकमा रु एक करोड २७ लाख ४४ हजार बजेट विनियोजन गरिएको कार्यालयका निमित्त प्रमुख चन्द्रमणि सापकोटाले जानकारी दिए।

दस सामुदायिक वनमा पोखरी निर्माणका लागि रु १० लाख, दुई सामुदायिक वनमा पर्यापर्यटन पूर्वाधार कार्यक्रमका लागि रु सात लाख, चार नर्सरी मर्मतसम्भार तथा स्तरोन्नति कार्यक्रमका लागि रु दुई लाख, वन व्यवस्थापनका लागि मेसिनरी औजार खरिद गर्न रु तीन लाख र धवलागिरि सबडिभिजन वन कार्यालयको भवनमा तला थप गर्न रु पन्ध्र लाख विनियोजन गरिएको छ ।

चालु शीर्षकमा २४ वटा सामुदायिक वनमा स्थलगत अभ्यासका लागि रु सात लाख २० हजार, पाँच हजार जडीबुटी बिरुवा खरिद तथा वितरण गर्न रु दुई लाख ९० हजार, जडीबुटी खेती प्रवद्र्धन कार्यक्रमलाई रु ६० लाख, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि रु पाँच लाख, बीस हजार बहुवर्षीय बिरुवा उत्पादन तथा वितरण गर्न रु १२ लाख, कृषि वन प्रवद्र्धन तथा विकास कार्यक्रमलाई रु पाँच लाख विनियोजन गरिएको छ ।
२०७८ कार्तिक १० गते प्रकाशित


वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...