back

उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह

काठमाडौं । उद्योगमन्त्रीको सचिवालयले घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात रहेका उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह गरेको छ।

ग्यासमा देखिएको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि उद्योगमन्त्रीको सचिवालयको टोली र नेपाल आयल निगम निरन्तर सक्रिय रहेको सचिवालयले जनाएको छ। यसै क्रममा भक्तपुरबाट कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको पनि जनाएको छ।

ग्यास अभावको बहाना बनाएर कालोबजारी, कृत्रिम अभाव तथा अनियमितता गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने सचिवालयले चेतावनी दिएको छ।

ग्यास पर्याप्त मात्रामा आयात भइरहेको अवस्थामा समेत देखिएको कृत्रिम अभावलाई सहज बनाउन सरकार, व्यवसायी र उपभोक्ता सबैको सहयोग आवश्यक रहेको सचिवालयको भनाइ छ।

सचिवालयले हालको अवस्थामा प्रत्येक परिवारले एकपटकमा एक सिलिन्डर मात्र ग्यास खरिद गर्न पनि अनुरोध गरेको छ।

सबैको संयमता र जिम्मेवार व्यवहारबाट केही दिनमै ग्यास आपूर्तिको समस्या सहज हुने अपेक्षा गरिएको सचिवालयले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

वि.सं.२०८३ साउन २४ आइतवार १०:०१

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले...

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४५

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

वि.सं.२०८३ साउन २४ आइतवार ०९:३७

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर...

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:२६

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन,...