back

अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एन आई सी एशिया बैंकको ‘एकिकृत हेल्प डेक्स’ सेवा

nactional life

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘एकिकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको छ । बैंकले कोभिडको जोखिमलाई मध्यनजर गर्दै बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो ।

बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल÷इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा iServe) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सकिने छ ।

उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहक महानुभावहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सकिने छ । यसका लागि ग्राहक महानुभावहरूले बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सकिने बैंकले जनाएको छ ।

यस जोखिमका बेला बैंकका सेवा सम्बन्धी जानकारी लिन यो सेवा प्रभावकारी हुने बैंकले विश्वास लिएको छ । केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको उच्च ओहोदाका कर्मचारीहरुलाई नै अग्रपंतिमा उभिएर ग्राहक महानुभावहरुको सेवामा सहयोग गर्न निम्नलिखित ग्राहक सहायता केन्द्रको स्थापना गरेको छ ।

बैंकले ग्राहकहरूको जिज्ञासा तथा गुनासो व्यवस्थापन गर्नका लागि भर्खरै आफ्नो मोबाइल बैंकिङ्ग एपमा Customer Care को समेत सुरुवात गरेको छ । उक्त एप भित्र Customer Care आइकनमा ट्याप गरेपश्चात् च्याटबटमार्फत विभिन्न सेवाहरू बारे विस्तृत जानकारी प्राप्त गर्न सकिने, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क गरी बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सकिने, गुनासो टिकटमार्फत जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्ने, Video Tutorial बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो हेर्ने, ईमेल सुविधामार्फत ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सकिने रFAQs अध्ययन गरेर ग्राहकहरूले आफ्नो जिज्ञासा मेटाउन सकिने विशेषताहरू रहेका छन् ।

हाल बैंकले ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...