back
Naima

श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार होः मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताएका छन् ।
बुधवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले लाखौं युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

श्रम शक्तिलाई तालीम दिएर दक्ष बनाउने र रोजगारीमा लगाउने गरी प्रतिस्थापन बजेटमार्फत कार्यक्रम ल्याएको जानकारी दिनुहुँदै मन्त्री शर्माले यस्ता कार्यक्रमबाट अर्थतन्त्रलाई समाजवादको दिशातिर सोझ्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘यो कार्यक्रम लागू गर्नको युवाहरुले टोल टोलमा नेतृत्व गर्नुपर्छ ।’ उनले भने ‘समाजवाद निर्माणको नेतृत्व तपाईहरुले गर्नेहो हामीले त्यसमा सहयोग गर्ने हो ।’ सरकारले पहिलो पटक गरिबलाई सम्झेर पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले राहत दिने, दीर्घरोगीहरुलाई मासिक उपचार खर्च, राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक भत्ता दिने जस्ता दीर्घकालीन महत्वका कार्यक्रमहरु ल्याएको उनले जानकारी दिए ।

आफूले कुनै पनि हालतमा व्यक्तिगत स्वार्थमा केन्द्रीत भएर काम नगर्ने प्रतिवद्धता बोकेर जिम्मेवारी सम्हालेको उल्लेख गर्दै मन्त्री शर्माले कहीँ कतै त्यस्तो पाइएमा निर्धक्क आलोचना र भण्डाफोर गर्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा पूर्वमन्त्री सत्या पहाडी, पूर्व प्रदेशमन्त्री विमला केसी, माओवादी नेता डिलाराम आचार्यलगायतले वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ल्याएको कार्यक्रमहरुले जनतामा नयाँ आशा जगाएको, शहीद परिवार, दीर्घरोगी तथा विपन्नहरुले देशमा सरकार छ भन्ने कुराको महसुस गर्न पाएको उल्लेख गर्दै प्रगतिशील कर प्रणालीमार्फत हुनेखानेहरुबाट अलिकति लिएर हुँदाखानेहरुलाई दिने नीति ल्याउन सुझाव दिए ।

२०७८ असोज १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...