back
Naima

ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट्स प्रोजेक्टका उत्कृष्ट १० कलाकृतिको घोषणा

काठमाडौँ। अग्रणी वैश्विक प्राविधिक ब्रान्ड ओपोले ‘ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्ट’ का १० विजेताको घोषणा गरेको छ। तिनको छनोट सहभागी ३ हजार ३ सय ४५ कलाकृतिमध्येबाट गरिएको हो।

ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरु लन्डन डिजाइन फेस्टिवल २०२१लाई हस्तान्तरण गरेको छ। ती कलाकृतिमार्फत नवोदित कलाकारका सिर्जनशिल प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वकांक्षाहरुलाई गति प्रदान गर्नु ओपोको उद्देश्य हो।

रचनात्मक युवाहरुका आँखामार्फत भविष्यको अन्वेषण

यस बर्ष रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्रकाशको विषयवस्तुवरपर रही कलाकृति तथा रचनात्मक अवधारणाहरु विकसित गर्ने जिम्मेवारी दिइएको थियो। तीमध्ये तिनले आर्ट टेक र आर्ट टोय गरी दूई प्रतियोगिताका कोटाहरुमा आफ्नो सहभागिता जनाउने अवसर प्रदान गरिएको थियो। केही महिनाका लागि सञ्चालित ओपो रेनोभेटर्स २०२१ मा विश्वभरका ४० देश तथा क्षेत्रबाट उदयिमान कलाकारहरुले ३ हजार ३४५ ब्यक्तिगत प्रविष्टीहरुमार्फत आफ्ना कलाकृति पेस गरेका थिए। कलाकृतिहरुको नवीनता, कलात्मकता, ब्यवहारिकता तथा अभिव्यक्तिको स्तरका आधारमा मूल्यांकनपश्चात समग्र कलाकृतिमध्येबाट उत्कृष्ट १० को चयन गरिएको हो।

ओपो रेनोभेटर्स इमर्जिङ आर्टिस्ट्स प्रोजेक्ट २०२१ मा विजेताका रुपमा छनोट भएका कलाकार तथा तिनका कलाकृति यस प्रकार छन्–

‘प्वाइन्ट टु प्लानेटः पर्सिभिङ नेचर विथ लाइट’ – हेन्ग्यु झाओ र चोंगशो यिन, २०२१ आर्टिस्टिक क्रिएटिभिटी अवार्डः

‘ड्रिमक्याचर–ओ’ – सिनी झाओ, २०२१ डिजाइन फ्युचर अवार्डः
‘टाइम ट्राभलर—पंक सुपरम्यान–ओ’ – रुओफ्यान संग, २०२१ ब्रान्ड एप्लिकेसन अवार्ड,
‘अटोजिन’ – पिटर विलियम होल्डेन, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड,
‘ग्लोबल यूथ आन्ट्रप्रेनुअरशिप प्रोग्राम’–लुयांग व्यांग, २०२१ ब्राण्ड एप्लिकेशन अवार्ड,
‘एआई ईन्टेलिजेन्ट स्पेस’ जियानवेन ली, २०२१ क्रिएटिभ एक्सिलेनसी अवार्डः गेनजुआन ट्यान, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड,
‘अटोनोमी अफ प्लान्ट्स’ – लियांग सियाओ, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड,
‘एआर ग्राफिटी’ – डब्ल्यूईआरसी , २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड,
‘प्रोजेक्टः कभर अप’– रोंलिंग ट्यांग, २०२१ क्रिएटिभ एक्सिलेन्सी अवार्ड,
पछिल्ला केही महिनामा डिजिटल मिडिया, अन्तरक्रियात्मक अनुभव, स्टेज इन्स्टलेशन, वेयरेवल डिभाइसेज, जैविक तथा भौतिक डिजाइनलगायत माध्यमका प्रयोगद्वारा प्रविधि, मानवता, पर्यावरण संरक्षण, जीवविज्ञान, इतिहास, सामाजिक अन्तरक्रिया र वर्तमान प्रबृत्ति लगायत विषयअन्तर्गत ओपो रेनोभेटर्स २०२१ का लागि विश्वभरबाट हजारौँ कलाकृतिहरु पेस गरिएका थिए। पेस गरिएका कलाकृतिमार्फत उदयीमान कलाकारहरुले मानव, प्रविधि र प्रकृतिसंग तिनको सम्बन्ध र कसरी तिनका माध्यमबाट सबैका लागि सुन्दर भविष्यको निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रदर्शित गरिएका छन्।

हेन्ग्यु झाओ र चोंगशो यिनको आर्ट टेक क्याटेगरीअन्तर्गत पेस गरिएको ‘प्वाइन्ट टु प्लानेटः पर्सिभिङ नेचर विथ लाइट’ मार्फत यी दुई कलाकारले साधारणतया हामीले बेवास्ता गर्ने अदृष्य तथा चुपचाप हुने प्रक्रियालाई कसरी बुझ्न सकिन्छ भनी अन्वेषण गरेका छन्। सिनी झाओद्वारा आर्ट टोय क्याटेगरीअन्तर्गत पेस गरेको ‘ड्रिमक्याचर–ओ’ले सपना देख्ने हरेक व्यक्तिलाई विश्वकै लागि चहकिलो प्रकाशका रुपमा हेर्दै तिनका साथमा सहकार्य गर्दै तिनका सपनाको संरक्षण गर्न उद्देश्य बोकेको छ।
२०७८ असोज १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

ओरा५ अब हाईब्रिड पावरट्रेनमा पनि, यस्तो छ विशेषता

वि.सं.२०८३ साउन २४ आइतवार १८:५८

काठमाडौं–ग्रेट वाल मोटर (जडब्लूएम) ले आफ्नो ओरा ब्रान्ड अन्तर्गत पहिलोपटक...

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने

वि.सं.२०८३ साउन २४ आइतवार १८:४०

काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार १७:२९

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...