back

सानिमा माई हाइड्रोपावरको एजीएम मिति तय, बुक क्लोज कहिले ?

काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्ना गरेको छ । सानिमा माईले कम्पनीको १० औँ वार्षिक साधारणसभा कात्तिकमा गर्न लागेको हो ।

कम्पनी सञ्चालक समितिले आउँदो कात्तिक ११ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय छ । सभा काठमाण्डौको सुकेधाराचोकस्थित सेलिब्रेसन हाइटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले बोनस सेयर जारी चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले ७ जना सञ्चालक पनि निर्वाचित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही असोज १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

२०७८ असोज ८ गते प्रकाशित


पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:०१

काठमाडौं । पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको...

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३७

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख ८ सोमवार १०:३३

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

सेयर बजारमा दोहोरो अंकको गिरावट : ८ अर्ब बढीको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट : ८ अर्ब बढीको कारोबार

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:२२

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको...