शुक्रबार ६ सयले घट्यो सुनको मूल्य

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौँ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज शुक्रबार सुनको मूल्यमा ६ सयको गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाला सुन ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको भाउ ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १५५ रुपैयाँमा किनबेच भएको थियो।
२०७८ असोज ८ गते प्रकाशित

प्रकाशित समय : १२:४८ बजे