back

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले चीनको प्रतिष्ठित अटो निर्माता डोङफेङका विद्युतीय बस नेपालमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले भृकुटीमण्डपमा आयोजना हुने नाईमा अटो एक्स्पो मा डोङफेङका दुई बस मोडल पहिलोपटक नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ।

कम्पनीका अनुसार एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका विद्युतीय बस प्रदर्शन गरिनेछ। साथै, निकट भविष्यमा ९ मिटर र १२ मिटर लम्बाइका ३८ र ५२ सिट क्षमताका बस पनि नेपाली बजारमा ल्याउने तयारी भइरहेको छ।

सन् १९६९ मा स्थापना भएको डोङफेङ चीन सरकारको स्वामित्वमा रहेको अग्रणी अटोमोबाइल कम्पनी हो। कम्पनीले यात्रुवाहक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा व्यावसायिक सवारी उत्पादन गर्दै आएको छ। हाल डोङफेङका उत्पादन विश्वका १०० भन्दा बढी देश मा निर्यात हुँदै आएका छन्।

नेपालमा यसअघि नै डोङफेङका ट्रक, कार र माइक्रोबस बिक्री हुँदै आएका छन्। पछिल्लो समय सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकता दिने नीति लिँदै गएको तथा सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय बसको माग बढेकाले यो ब्रान्डका बस नेपाली बजारमा ल्याइएको आयाम इन्टरकन्टिनेन्टलले जनाएको छ।

कम्पनीले बसको मूल्य र विस्तृत प्राविधिक विवरण एक्स्पोमै सार्वजनिक गर्ने जनाएको छ। साथै, हाल बजारमा उपलब्ध समान श्रेणीका बसभन्दा प्रतिस्पर्धी मूल्य मा यी बस उपलब्ध गराइने दाबी गरिएको छ। एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुट को व्यवस्था पनि गरिने कम्पनीले जनाएको छ।

बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्सको सुविधा हिमालयन अर्गनाइजेशनअन्तर्गतका शाखा तथा डिलर नेटवर्कमार्फत देशका विभिन्न सहरमा उपलब्ध गराइने कम्पनीको भनाइ छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

वि.सं.२०८३ साउन २४ आइतवार १०:१८

पोखरा । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

टाटा पन्च ईभी अब ठूलो ब्याट्री र थप फिचरसहित, के-के छन् विशेषता ?

वि.सं.२०८३ साउन २४ आइतवार १०:१५

काठमाडौं । नेपाली बजारमा लोकप्रिय टाटा पन्च ईभी अब ठूलो ब्याट्री...

जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै

जिली र मर्सिडिज बेन्ज मिलेर नयाँ माइक्रो ईभी ल्याउँदै

वि.सं.२०८३ साउन २४ आइतवार १०:१२

काठमाडौं। चिनियाँ अटो जायन्ट जिली र जर्मन लक्जरी ब्रान्ड मर्सिडिज...

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

सीएफमोटो २५० डुअलमा अब ५ वर्ष वारेन्टी, यस्ता छन् नाइमा अफर

वि.सं.२०८३ साउन २१ बिहीवार २१:०१

काठमाडौं–सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो...

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

नेपालमा अब स्मार्ट सिटी इलेक्ट्रिक कार ‘भिअटो होनरी बोमा ईभी’ सार्वजनिक

वि.सं.२०८३ साउन २१ बिहीवार २०:५८

काठमाडौं । एप्पल, एचपी, डाइसन तथा डेल लगायत विभिन्न अन्तर्राष्ट्रिय...