back
himalayan life

तोडियो स्वास्थ्य परीक्षणको सिण्डिकेट: अब सरकारी अस्पतालबाटै वैदेशिक रोजगारीको मेडिकल हुने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणमा वर्षौंदेखि कायम रहेको सिण्डिकेट तोड्दै सरकारले नयाँ व्यवस्था लागू गर्ने प्रक्रिया अगाडि बढाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले चैत १७ गते गरेको मन्त्रिस्तरीय निर्णयअनुसार अब वैदेशिक रोजगारीमा जाने कामदारले नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्था (सरकारी अस्पताल) बाटै स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन्।

मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने सरकारी स्वास्थ्य संस्थाहरूका लागि सूचीकरण खुला गर्ने निर्णय भएको जानकारी दिएको छ। ‘स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२’ को दफा ३ बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको हाे।

यसअघि वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क. को उपनियम (९) मा रहेको व्यवस्थाका कारण सरकारी अस्पतालहरूलाई यो प्रक्रियामा ल्याउन बाधा परेको मानिन्थ्यो। तर, मन्त्रालयले अहिलेको निर्णयले सो बाधा हटाएको र वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ को उपदफा (१) बमोजिम सरकारबाट स्वीकृति प्राप्त संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधानलाई थप प्रभावकारी बनाउन खोजिएको बताएको छ। यसबाट वैदेशिक रोजगारीमा जाने युवाहरूले सस्तो शुल्कमा भरपर्दो र गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा पाउनेछन्। सरकारी स्वामित्वका अस्पतालहरूलाई यस प्रक्रियामा सहभागी गराउँदा स्वास्थ्य परीक्षणमा हुने ठगी र नक्कली रिपोर्टको समस्या समेत न्यूनीकरण हुने अपेक्षा मन्त्रालयको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...