back

पैसाको खोजीमा होइन, सम्भावनाको खोजीमा नेपालमै बसौँ

काठमाडौं । आजको सबैभन्दा ठूलो आवश्यकता भनेको युवालाई स्वदेशमै बस्न र यहीँ सम्भावना खोज्न प्रेरित गर्नु हो । तर पछिल्ला वर्षहरूमा नेपालबाट विदेशिने युवाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोही बाध्यताले, कोही रहरले त कोही ‘नेपालमा केही छैन’ भन्ने सोच बोकेर विदेशिने गरेका छन् ।

धेरै युवामा विदेश गएपछि सजिलै पैसा कमाइन्छ, अलिकति मेहनतमै जीवन बदलिन्छ भन्ने भ्रम देखिन्छ । तर यथार्थमा, यही सोचका कारण धेरै नेपाली युवा विदेशमा अपेक्षाभन्दा बढी कठिनाइ, शोषण र मानसिक पीडा भोग्न बाध्य हुन्छन् ।

तर पछिल्लो समय स्वदेशमै श्रम र उद्यम गरेर आत्मनिर्भर बन्ने युवाको संख्या पनि कमी छैन् । त्यसमध्ये राइड सेयरिङ पेशा आम्दानीको गज्जबको माध्यम बनेको छ । नेपालमा संचालित राइड सेयरिङ कम्पनीहरु पठाओ, इनड्राइभमा धेरै युवा जोडिएका छन् ।

कामको सिलसिलामा रिपोर्टर वालाजु पुग्दा त्यहाँबाट पुल्चोक छिटो पुग्नुपर्ने भएकाले यांगो बुक गर्नासाथ चालक लोकेशनमा आएका थिए । र केवल १३५ रुपैयाँमै पुल्चोकसम्म पु¥याए ।

बाटोमा उनले मुस्कुराउँदै भने, ‘यो साइडको बाटो जाममा पर्दैन ।’ छोटो समयमै गन्तव्यमा पुग्दा मैले आधुनिक प्रविधिले जीवन कति सहज बनाइदिएको छ भन्ने महसुस गरें ।

यात्राकै क्रममा भेट रोशन शेर्मासँग भयो । उनी २३ वर्षका युवा हुन् । हाल काठमाडौंको सामाखुसीमा बस्दै आएका रोशनको स्थायी घर सर्लाही हो । उनी अध्ययनसँगै यांगो चलाउँछन् । जिज्ञासावश उनलाई सोधेँ, ‘यांगो चलाउँदा कतिको आम्दानी हुन्छ ?’

उनले खुलेर भने,‘यदि बिहानदेखि बेलुकासम्म लक्ष्य राखेर काम गरें भने राम्रो कमाइ हुन्छ । खाजा र पेट्रोल खर्च कटाएर दिनमा करिब ३५ सय रुपैयाँ जति बचत हुन्छ । कुल कमाइ झण्डै पाँच हजार पुग्छ ।’

रोशनलाई विदेश जाने चाहना छैन । उनी भन्छन्,‘विदेशमा मात्रै पैसा कमाइन्छ भन्ने सोच गलत रहेछ । नेपालमै पनि इमान्दारीपूर्वक काम ग¥यो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’

उनका अनुसार नेपालमै बस्दा आमाबुबासँग भेटघाट गर्न पाइन्छ, चाडपर्व र मेलामौसरमा घर पुग्न सकिन्छ, जुन कुरा विदेशमा सम्भव हुँदैन । यसले व्यक्तिगत जीवनसँगै पारिवारिक सम्बन्धलाई पनि बलियो बनाउँछ ।

यांगो र पठाओजस्ता सवारी सेवाहरूले काठमाडौंमा यात्रालाई छरितो बनाउनुका साथै सयौँ युवालाई रोजगारीको अवसर दिएका छन् । रोशनको अनुभवले स्पष्ट त्यही देखाउँछ । लक्ष्यसहित मेहनत गरे नेपालमै पनि आत्मनिर्भर बन्न सकिन्छ । यस्ता अवसरहरूले युवालाई स्वदेशमै टिक्न प्रेरणा दिन सक्छन् ।

नेपालमा राजनीतिक अस्थिरता, सीमित रोजगारी र साना व्यवसायका चुनौतीहरू अवश्य छन् । तर यी समस्याका बीच पनि इमान्दारी, निरन्तर प्रयास र सही सोच भए युवा नेपालमै राम्रो भविष्य निर्माण गर्न सक्छन् । रोशन भन्छन्, ‘पैसाका लागि मात्रै विदेश जानु समाधान होइन । नेपालमै बस्ने उपाय खोज्नुपर्छ । आमाबुबाको सेवा गर्न पाउनु र परिवारसँग समय बिताउन पाउनु नै जीवनको साँचो सुख हो ।’

अन्तत : युवाको सपना नेपालमै पनि पूरा हुन सक्छ । राइड सेयरिङ पेसामा आवद्धहरुले स्वदेशमै काम गर्ने अवसर मात्र पाएका छैनन् परिवारसँगै बसेर आनन्दको जीवन विताइरहेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:५०

काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका...

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:२९

काठमाडौं । खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा...

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:२३

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन...

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१६

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा...

३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:०५

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार)सुनचाँदीको मुल्य घटेको छ ।...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...