back

द गभर्नर ह्विस्की अब १८० एमएलको आकर्षक प्याकमा

nactional life

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोकवुड कास्क व्हिस्की ७५० एमएलको सफल सुरुवातपछि आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै द गभर्नर स्मोक वुड कास्क व्हिस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ।

नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ, जुन परिवर्तनशील उपभोग अवसरहरूसँग पनि उपयुक्त छ।

द गभर्नर स्मोकवुड कास्क व्हिस्की १० बर्स सम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको द गभर्नर ह्विस्कीले आफ्नो मूल दर्शन “दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड” लाई प्रतिबिम्बित गर्छ।

हाइल्याण्ड र स्पेसाइड स्कच माल्ट विश्वका उत्कृष्ट माल्टहरूमध्ये मानिन्छन्, किनकि शताब्दीयौँको शिल्पकला र परम्पराले आकार दिएको असाधारण सन्तुलन, गहिराइ र स्थिर गुणस्तर यिनले प्रस्तुत गर्छन्। यी दुईले मिलेर स्कच ह्विस्कीको चरित्रको सर्वोच्च अभिव्यक्ति प्रतिनिधित्व गर्छन्।

हाइल्याण्ड माल्टले गहिराइ र संरचना प्रदान गर्छ भने स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्छ। स्मोकवुड कास्कमा तैयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटहरूका साथ सौम्य स्मोक फ्लेभर अनुभव गर्न सकिन्छ।

सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर र विशेषता कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए। द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य रु. ७४५ मा उपलब्ध हुनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...