नयाँ रेकर्ड : ५ हजार ५ सयले बढ्यो सुन
वि.सं.२०८२ पुस ८ मंगलवार
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय रुपैयाँलेब बढेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको हो।
हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो।
यससँगै चाँदी तोलामा ४२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४२ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित समय : १२:४० बजे






















