back

सोल्टी होटलको ५१ औँ वार्षिक साधारण सभा सम्पन्न, सभाबाट दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्त

nactional life

काठमाडौं । सोल्टी होटल लिमिटेडको ५१ औँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् ।

पाँचतारे डिलक्स सोल्टी होटल लिमिटेडले विगत ६० वर्षभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको छ । सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसहितको एकीकृत आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।

साथै, सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने र १५५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि पारित भएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि जे.बी. राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

नयाँ सञ्चालक समिति गठन
साधारण सभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ । संस्थागत शेयरधनीहरूतर्फबाट पाँच जना, सर्वसाधारण शेयरधनीहरूतर्फबाट तीन जना र एक जना स्वतन्त्र सञ्चालक चयन भएका छन् ।

संस्थागत शेयरधनी सोल्टी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा दिनेशबहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजेश काजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह नियुक्त भएका छन् । नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्दै अमृतमान श्रेष्ठ सञ्चालकमा नियुक्त भएका छन् ।

सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिवरेवाला सञ्चालकमा निर्वाचित भएका छन् । साथै, डा. माधव गिरी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...

सुन मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

सुन मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ हजार...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।...

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...