back
national life

माघ १४ देखि १७ गतेसम्म काठमाडौं महोत्सव हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गर्न लागेको ‘काठमाडौँ महोत्सव २०८२ : काठमाडौं बिजनेस एक्सपो २०२६’ आगामी माघ १४ देखि १७ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भव्य रूपमा सञ्चालन हुने भएको छ ।

संघका अनुसार काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक र पर्यटन पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्यसहित महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ ।

स्थानीय उत्पादन, कला–संस्कृति, पर्यटन, व्यवसाय, नवप्रवर्तन तथा उद्यमशीलतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा करिब २०० अत्याधुनिक स्टलहरूको सहभागिता रहनेछ, जहाँ स्थानीय उत्पादन र सेवाहरु, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृति प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायतका आकर्षक गतिविधि समावेश गरिनेछ ।

आयोजकले यस महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ । कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स÷होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, सूचना प्रविधि, फूड एण्ड बेभरेज, ट्राभल एण्ड टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था लगायत विविध क्षेत्रका व्यवसायहरूको उपस्थिति रहनेछ । जिल्लागत विशिष्ट उत्पादनसमेत समेटिने भएकाले महोत्सवलाई एक बृहत् राष्ट्रिय व्यापारिक मञ्चका रूपमा विस्तार गर्ने अपेक्षा राखिएको छ ।

महोत्सव अवलोकन गर्न सर्वसाधारण, व्यवसायी, उद्यमी, युवा स्टार्टअप, विद्यार्थी, फुड–लवर्स, पर्यटक, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता हुने आयोजकले जनाएको छ ।

महोत्सवलाई अझ प्रभावकारी बनाउन टाइटल, डाइमन्ड, गोल्ड, सिल्भर, एक्जिविसन स्पोन्सरलगायतका प्रायोजन अवसर खुला गरिएको छ ।
सहभागी संस्थाहरूलाई मिडिया प्रमोशन, डिजिटल क्याम्पेन, टिभी÷रेडियो÷प्रिन्ट विज्ञापन, बाहिरी होर्डिङ, ब्यानर तथा ग्राउन्ड एक्टिभेशनजस्ता विस्तृत प्रचार–प्रसार सुविधाहरू उपलब्ध गराइनेछ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले महोत्सव सफल बनाउन सबैको सहयोग आब्हान गरेका छन् ।

national life
gaugauma singhadarbar

किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

वि.सं.२०८२ माघ २९ बिहीवार १५:५४

काठमाडौं । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध...

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

वि.सं.२०८२ माघ २९ बिहीवार १२:३५

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...

सुनको मूल्य घट्दा चाँदी बढ्यो

सुनको मूल्य घट्दा चाँदी बढ्यो

वि.सं.२०८२ माघ २९ बिहीवार १२:१७

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

बाजेको सेकुवाको २६औँ शाखा धनगढीमा भव्य रूपमा शुभारम्भ

बाजेको सेकुवाको २६औँ शाखा धनगढीमा भव्य रूपमा शुभारम्भ

वि.सं.२०८२ माघ २९ बिहीवार १२:०७

धनगढी। नेपाली मौलिक स्वादको ४८ वर्षे गौरवमय विरासत बोकेको बाजेको...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

वि.सं.२०८२ माघ २८ बुधवार १२:२९

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले...

सुनको मूल्य ९०० रुपैयाँले वृद्धि

सुनको मूल्य ९०० रुपैयाँले वृद्धि

वि.सं.२०८२ माघ २७ मंगलवार १२:१२

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि...