back
himalayan life

फिनटेक अलायन्स नेपालद्वारा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को औपचारिक घोषणा

काठमाडौं । फिनटेक अलायन्स नेपालले नेपालकै पहिलो तथा सबैभन्दा ठूलो फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । उक्त औपचारिक घोषणा बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । एक्स्पो आगामी २०२६ जनवरी २ र ३ (पौष १८ र १९), शुक्रबार र शनिबारका दिन ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ ।

‘टेक इनोभेटरलाई भेट्न बैंक र वित्तीय संस्थाहरूको लागि साझा प्लेटफर्म’ भन्ने नाराका साथ आयोजना हुँदै गरेको यो एक्स्पो नेपालमा पहिलो पटक पूर्ण रूपमा फिनटेक–केन्द्रित भव्य मेला हुने आयोजकले जनाएको छ ।

डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता ब्लकचेन र उदीयमान प्रविधिहरूलाई एउटै छानामुनि ल्याउनु एक्स्पोको मुख्य उद्देश्य रहेको छ ।

दुई दिनसम्म चल्ने एक्स्पोमा ४,००० भन्दा बढी सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । सहभागीमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लगानी तथा पुँजी बजारका प्रतिनिधि, आईटी तथा सफ्टवेयर कम्पनी, फिनटेक तथा टेक स्टार्टअप, सरकारी तथा नियामक निकाय, दातृ निकाय, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्भावित लगानीकर्ता रहनेछन् ।

एक्स्पोमा ६० भन्दा बढी स्ट्यान्डर्ड बूथ, स्टार्टअप डेमो जोन, टेक कम्युनिटी जोन, अनुभवात्मक फिनटेक शोकेस र उद्योग–केन्द्रित ज्ञान–सत्रहरूको व्यवस्था गरिएको छ । टेक कम्युनिटीका लागि ‘फस्ट–कम, फस्ट–सर्भ’ आधारमा निःशुल्क टेबल उपलब्ध गराइनेछ, जसले स्थानीय प्रतिभा तथा इनोभेटरलाई आफ्नो प्रविधिमूलक काम प्रदर्शन गर्ने अवसर दिनेछ ।

कार्यक्रममार्फत डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट–जेन पेमेंट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालिटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इन्क्लूजन, एम्बेडेड फाइनान्स, डिजिटल लेंडिङ तथा भुक्तानी प्रणाली विस्तार जस्ता विषयमा गहन छलफल तथा अनुभव आदान–प्रदान गरिनेछ । यसले उद्योगका प्रमुख नेतृत्व, इनोभेटर, नीति निर्माता तथा सेवा प्रदायकबीच सहकार्य बढाउने फिनटेक अलायन्स नेपालको भनाइ छ ।

प्रवेश टिकट सामान्यका लागि रु. १०० र विद्यार्थीका लागि रु. ५० तोकिएको छ । फिनटेक उद्योगलाई एकीकृत गर्दै घरेलु प्रविधि र सेवालाई प्रोत्साहन गर्ने, बैंकिङ–टेक साझेदारी सुदृढ बनाउने तथा नेपालको डिजिटल अर्थतन्त्रलाई दिगो रूपमा विस्तार गर्ने उद्देश्य यस एक्स्पोको मूल प्रेरणा रहेको आयोजकले जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ असार १७ बुधवार १०:५८

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा

वि.सं.२०८३ असार १७ बुधवार १०:४२

काठमाडौं । नेपालमै लोकप्रिय अडियो तथा मोबाइल एक्सेसरिज ब्रान्ड अल्टिमा...

पेट्रोल र डिजेलको घट्यो मूल्य

पेट्रोल र डिजेलको घट्यो मूल्य

वि.सं.२०८३ असार १७ बुधवार १०:३८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...