आइसिएफसि फाइनान्सले बोलायो साधारण सभा, लाभांश पारित गर्ने
वि.सं.२०८२ मंसिर ८ सोमवार
काठमाडाैं । आईसीएफसी फाइनान्स लिमिटेडले आगामी साधारण सभा बोलाएको छ । सभा मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा बोलाएको हो। सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले मंसिर १९ गते बुकक्लोज गर्ने भएको छ। यसर्थ मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित समय : ११:०८ बजे






















