back
himalayan life

कर्णालीमा दशैंको चहलपहल : १८ स्थानमा सुपथ मूल्य पसल, थप २४ स्थानमा सुरु गरिने

सुर्खेत । चाडपर्वलाई लक्षित गर्दै कर्णाालीका विभिन्न १८ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा र डिपोहरुमा सस्तो पसल सञ्चालन गरिएको हो ।

सोमबारदेखि कर्णालीका सल्यान बाहेक नौ जिल्लाका १८ वटा स्थानबाट सुपथ मुल्यमा पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमूख केशवराज बुढाले बताए ।

कर्णालीका कालिकोट, मुगु, डोल्पा र जाजरकोटका तीन÷तीन स्थानमा, हुम्ला २ स्थानमा र दैलेख, जुम्ला रुकुमपश्चिम र सुर्खेत जिल्लामा एक÷एक स्थानमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमूख बुढाले जानकारी दिए ।

कर्णालीका २४ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भए पनि जेन–जी आन्दोलनका कारण देशको बिषम परिस्थितीले एकैदिन सबै स्थानमा सुरु गर्न नसकिएको उनले बताए ।

सुपथ मुल्य पसलमा विक्री वितरण हुने चामल र चिनीमा प्रति केजी ५ रुपैयाँ र तेलमा प्रति लिटर सात रुपैयाँ छुट दिइएको उनले बताए ।

विभिन्न स्थानीय तहहरुमा सस्तो पसल सञ्चालनको लागि स्थानीय सरकारसंग एमओयु भए पनि बदलिँदो परिस्थिती ती स्थानीय तहमा सस्तो पसल सञ्चालनका लागि समन्वय भई रहेको कम्पनीका प्रादेशिक कार्यालयका लेखापाल पर्वत सापकोटाले बताए ।

‘कर्णालीका ४२ स्थानमा सस्तो पसल सञ्चालन गर्ने कार्यालयको लक्ष्य हो’ उनले भने, ‘सोही लक्ष्य अनुसार स्थानीय तहसंग एमओयु पनि भएको छ । तर बदलिँदो परिस्थितीले केही ढिला हुने भयो ।’

सँधै दशै तिहारमा कर्णालीका विभिन्न स्थानमा चामल अभाव हुने भएको भए पनि यो बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसंग प्रयाप्त मौज्दात रहेको जनाएको छ । कम्पनीसंग हाल कर्णाली १२ हजार क्वीन्टल चामल, १ सय २४ क्वीन्टल चिनी, तेल २६ हजार लिटर मौज्दात रहेको छ जुन कर्णालीको माग भन्दा धेरै रहेको छ । आवश्यक चामल जिल्ला कार्यालय र डिपोहरुमा समेत पुगाइ सकिएको कम्पनीले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको कार्यविधि अनुसार दुर्गम हिमाली भेगका उपभोक्ताको सहजताका लागि भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी चामल सहुलियत दरमा बिक्रीका लागि सस्तो पसल सञ्चालन गर्ने गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...