back
Naima

कर्णालीका युवाहरूलाई उत्साह भर्ने राजेन्द्र, १० हजार युवाको जीवनमा परिवर्तन

राजनीति भन्दा अग्लो राष्ट्रप्रेम

काठमाडौँ । जहाँ विपनाभन्दा वाँच्न कठिन हुन्छ, त्यहाँ सपना देख्नु पनि एक प्रकारको विद्रोह हो र ती विद्रोही सपनाहरूलाई कर्ममा बदल्ने संकल्प बोकेका एक युवा राजेन्द्र अधिकारी  आज कर्णालीका युवाहरूको प्रेरणाको शिखरमा उभिएका छन्।

दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका–४, जस्तो विकट ठाउँमा जन्मिएर  आफ्नो यात्रा सुरु गरेका राजेन्द्र, अहिले कर्णाली प्रदेशभरि युवा सशक्तिकरण,नेतृत्व बिकास ,उत्प्रेरणा, सहभागीता ,परिचालन  र सामाजिक उत्तरदायित्वको जागरण अभियान चलाइरहेका छन्।

शून्यबाट सुरु भएको संकल्प

बाल्यकालमै अप्ठ्यारा परिस्थितिहरूको सामना गर्दै हुर्किएका राजेन्द्रका लागि अवसरहरू आफैँ आएनन्, उनी आफैँ अवसर सिर्जना गर्न थाले। गाउँकै स्कुलको कक्षा कोठाबाट सुरु भएको उनको यात्रा ड्रिम बिग प्रोजेक्ट  मार्फत राष्ट्रभर फैलिन थाल्यो। “गाउँमा जन्मिनु दुर्भाग्य होइन, तर गाउँमै सधैं थलिनु त पक्कै होइन्,” भन्ने उनको भनाइले हजारौँ युवाको मन छोएको छ। हालसालै जनवरी १० तारिखमा अकाउन्टाबिलिटी ल्याब ग्लोबलले उनको अभियानलाई बिश्वभरका ” उत्कृष्ट २५ युवा अभियान ” मा सूचीकरण गरेको छ ।

दश हजार युवाको जीवनमा परिवर्तन

हालसम्म राजेन्द्रले कर्णाली प्रदेशका १० जिल्ला र काठमाडौं गरि (११ जिल्ला) र ३० भन्दा बढी स्थानीय तह ( पालिका) , १००+ वडाहरूमा पुगेर ४००+ कार्यक्रम, प्रशिक्षण, मोटिभेसनल सेसन तथा नमुना युवा संसद , बाल संसद, जनचेतनामुलक कार्यक्रम , स्थानीय युवा परिषद् गठन अभियान अभ्यासहरू, पालिका स्तरीय युवा संजाल ,वडा स्तरीय युवा क्लबहरु गठन , युवा छाँया सरकार गठन जस्ता अभ्यास  सञ्चालन गरिसकेका छन्। यसक्रममा १०,००० भन्दा बढी युवाहरूलाई प्रत्यक्ष रूपमा उत्प्रेरणा, मार्गदर्शन र नेतृत्व क्षमतामा सशक्त बनाएका छन्।

उनी कार्यक्रम लिएर जब कुनै विद्यालय पुग्छन्, छात्रछात्राको अनुहारमा आत्मविश्वासको चमक देखिन्छ। उहाँको भनाइ – “हामी सबै भित्र एक शक्ति हुन्छ, जसलाई चिन्न सके देश परिवर्तन पनि सम्भव हुन्छ।”

सिर्जनात्मक योगदान : बाल संसद पुस्तिका

राजेन्द्र अधिकारीले नेपालको पहिलो ‘नमुना बाल संसद (प्रदेशसभा) अभ्यास सहयोगी पुस्तिका – २०८१’ तयार पारेर युवाहरूमाझ नेतृत्व, अभिव्यक्ति र राजनीतिक सचेतनाको अभ्यासलाई संस्थागत बनाएका छन्।  तथा प्रदेशसभा सचिवालय सँगको सहकार्यमा प्रकाशित यो पुस्तिका अहिले कर्णालीका धेरै बालबालिकाको हातमा पुगि बालक्लबका विभिन्न संसदीय अभ्यासमा सदुपयोग  भैईरहेको छ।

सम्मानहरूले अझ दह्रो बनाएको यात्रा

राजेन्द्र अधिकारीलाई राष्ट्रिय स्तरका थुप्रै संस्थाहरूले सम्मानित गरिसकेका छन्:

•आईकन  अफ द  कर्णाली प्रदेश अवार्ड २०२४

•नेपालका शिर्ष १०० युवा २०२१

•योङ  प्रोफेशनल  अफ    ईयर अवार्ड २०२३

•ईनोभेटिभ  नेशनल  युथ  भोल्युन्टियर फाईनालिस्ट  २०२४

त्यस्तै, उनले कर्णाली मोडेल युनाईरेड नेशनस्  २०२४  मा ओनरेबल मेन्सन अवार्ड  पनि जित्न सफल भएका थिए।

उनको ऊर्जा युवामैत्री स्थानीय तह निर्माण , स्थानीय शासन सुदृढीकरण, बाल अधिकार संरक्षण, नीति निर्माण अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र युवा अभियानमा केन्द्रित रहँदै आएको छ।

राजनीति भन्दा अग्लो राष्ट्रप्रेम

राजेन्द्र हाल कुनै पनि राजनीतिक दलमा सक्रिय छैनन्  तर उनी सधैँ राजनीतिक चेतनाका पक्षधर छन्। उनी भन्छन्,

“म कुनै पार्टीको प्रचारक होइन, म त राष्ट्रका युवाहरूको सम्भावनाको प्रचारक हुँ।”उनको विश्वास छ-देशको रुपान्तरण राजनीतिक नारा होइन, जनचेतनाको अभ्यास हो।

कर्णालीको उज्यालो अनुहार

राजेन्द्र अधिकारीले कर्णालीका दुर्गम बस्तीमा सपना देख्ने साहस, त्यसलाई पछ्याउने हिम्मत र बाँड्ने शैली फैलाइरहेका छन्।

उहाँजस्ता युवाहरूले नै ‘भविष्यको नेपाल कस्तो?’ भन्ने प्रश्नको जवाफ दिनेछन्।

कर्णालीले उनलाई जन्मायो, अब उनी कर्णालीका हजारौँ युवालाई नयाँ जीवन र नयाँ दृष्टि दिइरहेका छन् र सायद इतिहासले कहिल्यै नबिर्सने गरी लेख्नेछ ।

“दुर्गमता जितेर, सपना बोक्ने, युवामा जोश भर्ने राजेन्द्र अधिकारी, एउटा असल परिवर्तनकर्मी,एक ईमानदार युवा अभियन्ता !”

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्यमा भारि वृद्धि

सुनचाँदीको मूल्यमा भारि वृद्धि

वि.सं.२०८३ साउन २४ आइतवार १२:५४

काठमाडौं ।नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि...

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

वि.सं.२०८३ साउन २४ आइतवार १२:१७

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री...

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

वि.सं.२०८३ साउन २४ आइतवार १०:०१

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले...

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४५

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

वि.सं.२०८३ साउन २४ आइतवार ०९:३७

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर...