back

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निजी क्षेत्रको सहभागितामा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिच सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको छ । ग्रिड कम्पनीका सचिव राजेश पोखरेलले निजी क्षेत्रको सहभागितामा यी दुई प्रसारण लाइन निर्माण गर्न निजी क्षेत्रका उर्जा प्रवद्र्धक कम्पनीहरुसँग सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन् ।

यस अघि नै हाइटार–शीतलपाटी ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि दुई निजी कम्पनीले आवेदन इिसकेका छन् । परियोजना निर्माणका लागि ती कम्पनीहरुले कति प्रतिशत शेयर हाल्ने र ग्रिड कम्पनीको कति प्रतिशत शेयर रहने विषयको छलफल अन्तिम चरणमा रहेको पोखरेलले बताए ।

यस अघि हाइटार–शीतलपाटी प्रसारण लाइन निर्माणका लागि छुजुङ खोला जलविद्युत् आयोजना, तल्लो बरुण खोला, बकान खोला जलविद्युत् आयोजना र ६३ मेगावाट क्षमताको अर्को छुजुङखोला जलविद्युत् आयोजनाले यसअघिनै आवेदन दिइसकेका छन् । त्यसैगरी लामाबगर–बाह्रबीसे प्रसारण लाइन निर्माणका लागि नासा कम्पनी लिमिटेडअन्तर्गतको १६० मेगावाट क्षमताको ल्याप्चेखोला जलविद्युत् आयोजना र सानिमा हाइड्रोपावरअन्तर्गतको जुमखोला जलविद्युत् आयोजनाले आवेदन दिएका छन् ।


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

वि.सं.२०८२ असार १९ बिहीवार १५:३०

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत...

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

वि.सं.२०८२ असार १७ मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह...

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

वि.सं.२०८२ असार १७ मंगलवार १६:०७

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका...

विपद्को समयमा निजी हेलिकप्टरको निशुल्क प्रयोगबारे सम्झौता

विपद्को समयमा निजी हेलिकप्टरको निशुल्क प्रयोगबारे सम्झौता

वि.सं.२०८२ असार १७ मंगलवार १६:०१

काठमाडौं । विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि नीजि हेलिकप्टर प्रयोग...