back

विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजित भए

परिवारको विषय समाज र देशका लागि निकै महत्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्रसँग पनि जोड्न सकिन्छ । संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो । समाज कस्तो निर्माण गर्ने भनेर पनि परिवारबाट नै धेरै कुरा निर्धारण गर्ने भएकाले परिवारको महत्व ठूलो छ ।

काठमाडौं । परिवार भन्ने वित्तिकै सुख–दुःख साथ दिने व्यक्तिहरुको समूह भन्ने बुझिन्छ । तर नेपालमा क्रमशः बढ्दो आधुनिकता अनि विकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरु घट्दै गएका छन् । अहिले परिवारका मुल व्यक्तिहरु जिविकोपार्जनका लागि विदेश जानेक्रम बढेपछि परिवार र सामाजिक भावनामा नकारात्मक असर पर्न थालेको छ । पारिवारिक मूल्य, अपनत्व, सदभावना, एकता अनि समानतामा कमी देखिएको छ ।

यसै सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एंव प्रवक्ता ढुण्डीराज लामिछानेले परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउन अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने गरेको प्रष्ट पारे ।

उनले भने, ‘परिवार भन्ने विषय समाज र देशको लागि निकै महत्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्रसँग पनि जोड्न सकिन्छ । हाम्रो संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो । समाज कस्तो निर्माण गर्ने भनेर पनि परिवारबाट नै निर्धारण हुन्छ ।’

उनले विकासका क्रममा स्वतन्त्रताको खोजी गर्दै एकल परिवारको परिवेश बन्दै गएको बताए । उनले अहिले एकल परिवार ५०–६० प्रतिशत रहेको र संयुक्त परिवार ४०–४५ प्रतिशतको हाराहारीमा मात्र रहेको बताए ।

उनले भने, ‘युवा पुस्ताहरु विदेश जाने प्रवृत्तिले पनि संयुक्त परिवारको अवधारणा घट्दै गइरहेको अवस्था छ । यसको साथै, विकास हुने क्रममा स्वतन्त्रताको खोजी गर्दै पनि एकल परिवारको परिवेश बन्दै गएको हो । आन्तरिक बसाइसराइले पनि यसमा प्रभाव पार्ने गरेको देखिन्छ । अहिले एकल परिवार ५०, ६० प्रतिशतमा छन् भने संयुक्त परिवार ४०, ४५ प्रतिशतको हाराहारीमा रहेको छ ।’

परिवारलाई हिमाल, पहाड र तराई जस्ता विविधताका कारणपनि असर पर्ने भन्दै तराइका भेगहरुमा भने केही मात्रामा अझैपनि संयुक्त परिवार रहेको र पहाडमा भने कम नै रहेको उनको भनाइ छ । उनका अनुसार तराइमा बसोबास गर्ने मानिसहरु एक मत, एक भेद भएर बसेका छन् ।

यस्तै, तराइमा दलित, मधेशी र मुस्लिमको धेरै परिवार रहेको भन्दै बाहुन, क्षेत्री र नेवारहरुको परिवारको संख्य अलि कम रहेको पनि उनले जानकारी दिए ।

‘यस्तो परिस्थिति बन्दै गएकाले परिवारको सुधार गर्नुपर्ने, जनसंख्या नीतिहरुमा सुधार गर्नुपर्ने र परिवारको विभाजन हुने क्रम बढ्दै गएकाले त्यसलाई रोक्नुपर्ने अवस्था छ । त्यसैले भएका नीति सहि तरिकाले कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण छ,’ उनले भने ।

उनका अनुसार विकासले नयाँ कुराहरु सिकाउदै जाने र पूराना कुराहरु छुटाउँदै लैजाने काम गर्छ तर कतिपय देशहरुले भने पूराना कुराहरु समेटेर विकासतर्फ पनि लैजाने गरेको पाइन्छ ।

विकासको क्रम सँगसँगै संस्कृतिलाई पनि समेटेर लैजाने हो भने समाज उत्कृष्ट समाज बन्नसक्ने उनको बुझाइ छ । उनले धर्म संस्कृतिलाई अझै बढी प्रयोग गर्ने र एक अर्काको धर्म संस्कृतिलाई जोगाएर लैजाने हो भने पछिल्ल्लो पुस्ताले पनि धर्म संस्कृतिलाई स्वीकारेर अगाडि बढ्न सक्ने बताए ।

एक अर्काको भाषा संस्कृतिलाई बुझ्ने कोशिस गर्ने हो भने देशको अर्थतन्त्रमा समेत सुधार हुने भन्दै दिगो विकासका लक्ष्य सुधारका निम्ती परिवारको संरचना परिवार भित्रको अनुशासनले पनि सहयोग गर्ने उनको बुझाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०९

विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...