back

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको सहभागीता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन् ।

उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरु देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

आफूले उर्जामन्त्रालयको नेतृत्व सम्हाले यता जलविद्युतको क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारको नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।

सो अवसरमा मन्त्री खड्काले नव निर्वाचित एनआरएनएका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई ज्ञापन गर्दै देश विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताउँदै मिलेर काम गर्ने बताए ।

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले उर्जा क्षेत्रमा अपार सम्भावना भएको औल्याउँदै नीति नियमलाई सहज बनाउनु पर्ने सुझाव दिए ।

एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीहरुले सिकेका सीप र पुँजीमार्फत देश विकास गर्न सकिने उल्लेख गरे । उनले आगामी दिनमा आफूहरु जलविद्युतको क्षेत्रमा काम गर्ने योजनामा रहेको बताए ।


प्रधानमन्त्रीसँग काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

प्रधानमन्त्रीसँग काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको समस्याबारे छलफल

वि.सं.२०८२ जेठ २६ सोमवार १७:५२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको...

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०८

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार ११:४६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल...

सुनचाँदीको मूल्य सामान्य बढ्यो

सुनचाँदीको मूल्य सामान्य बढ्यो

वि.सं.२०८२ जेठ १८ आइतवार ११:३२

काठमाडौं । साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको...

विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:२०

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास...

हीरक जयन्ती मनाउँदै चेम्बर अफ कमर्स, लोगो सार्वजनिक

हीरक जयन्ती मनाउँदै चेम्बर अफ कमर्स, लोगो सार्वजनिक

वि.सं.२०८२ जेठ १६ शुक्रवार १७:१८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं वार्षिकोत्सवको तयारी...