back

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको सहभागीता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन् ।

उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरु देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

आफूले उर्जामन्त्रालयको नेतृत्व सम्हाले यता जलविद्युतको क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारको नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।

सो अवसरमा मन्त्री खड्काले नव निर्वाचित एनआरएनएका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई ज्ञापन गर्दै देश विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताउँदै मिलेर काम गर्ने बताए ।

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले उर्जा क्षेत्रमा अपार सम्भावना भएको औल्याउँदै नीति नियमलाई सहज बनाउनु पर्ने सुझाव दिए ।

एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीहरुले सिकेका सीप र पुँजीमार्फत देश विकास गर्न सकिने उल्लेख गरे । उनले आगामी दिनमा आफूहरु जलविद्युतको क्षेत्रमा काम गर्ने योजनामा रहेको बताए ।

gaugauma singhadarbar

पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

वि.सं.२०८२ माघ २ शुक्रवार ११:२९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

वि.सं.२०८२ माघ २ शुक्रवार ११:२६

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी...

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

वि.सं.२०८२ माघ १ बिहीवार ११:२२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।बिहीबार...

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

वि.सं.२०८२ पुस ३० बुधवार १६:३४

काठमाडौँ । नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न...

सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुग्यो ,चाँदीको कति ?

सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुग्यो ,चाँदीको कति ?

वि.सं.२०८२ पुस ३० बुधवार ११:११

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख...

अब जलविद्युतकाे आईपीओ निष्कासनका लागि वर्षौँसम्म सेबोनको ढोका कुरिरहनु नपर्ने, विद्युत् नियमन आयोग र सेबोनबीच ‘एमओयू’ हुँदै

अब जलविद्युतकाे आईपीओ निष्कासनका लागि वर्षौँसम्म सेबोनको ढोका कुरिरहनु नपर्ने, विद्युत् नियमन आयोग र सेबोनबीच ‘एमओयू’ हुँदै

वि.सं.२०८२ पुस २९ मंगलवार १८:४२

काठमाडौं । जलविद्युत् कम्पनीहरूले साधारण शेयर (आईपीओ) निष्कासनका लागि वर्षौँसम्म...